भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

निर्वाचन नजिकिएसँगै सीमामा सशस्त्रको गस्ती बढ्यो

  • `
  • परासी । निर्वाचन नजिकएसँगै सीमा क्षेत्रबाट चोरी तस्करी बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरीले नवलपरासीका सीमा नाकामा निगरानी बढाएको छ ।

    सशस्त्र प्रहरी बल नेपाल नं. २६ हेड क्वाटरले सीमा क्षेत्रमा निगरानीसँगै सुरक्षा गस्ती बढाएको जनाएको छ ।

    निर्वाचनको मौका छोपेर तस्करी र अपराधिक कृयाकलाप बढ्न सक्ने संभावनालाई मध्यनजर गर्दै जिल्लाका सबै सीमा क्षेत्रमा सवारी साधानसँगै पैदल गस्तीलाई बढाएको सशस्त्र प्रहरी बल नवलपरासीका सूचना अधिकारी डिएसपी केशव राज थापाले जानकारी दिए । भारतको उत्तर प्रदेश र बिहार प्रदेशसँग जोडिएको जिल्लाको सीमा क्षेत्र २८ कि.मि. लामो छ ।

    ‘ अहिले सुरक्षा निकायको ध्यान बढी निर्वाचनमै केन्द्रीत हुने भएकाले त्यसको फाइदा उठाउँदै तस्करी कार्य बढ्न सक्ने भएकाले मातहतका युनिटसँगै भारतीय एसएसबीको सहकार्यमा संयुक्त गस्तीलाई समेत बढाइएको छ । ’ डिएसपी थापाले भने ।

    २६ नंं. हेडक्वाटर मातहतमा ५ वटा बिओपी र २ वटा सुरक्षा बेस क्याम्प छन् । निर्वाचन नजिकिएसँगै सीमा क्षेत्रमा निगरानी बढाई अपराधिक गतिविधि नियन्त्रण गर्न हप्ता दिनअघि रुपन्देही, नवलपरासी, कपिलवस्तुका सुरक्षा प्रमुख र सीमा क्षेत्रका भारतीय सुरक्षा प्रमुखहरुको बैठक बसेको थियो ।

    बैठकपछि अहिले सीमा क्षेत्रमा संयुक्त गस्तीलाई पनि तिव्रता दिएपछि अवैध रुपमा ल्याउँदै गरेका सामानसमेत धमाधम बरामद हुन थालेको छ । बरामद भएका समानमा चिनी, कपडा, मोबाइल, इलोक्ट्रोनिकलगायतका रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित