मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

गठबन्धन होईन, ठगबन्धन हो– स्वतन्त्र उम्मेदवार रुपसिंह थापा

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापाले अहिले बनिरहेको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन जनताको काम गर्नुभन्दा पनि आफ्नो स्वार्थका लागि गठबन्धन भएकाले उक्त गठबन्धन ठगबन्धन रहेको बताए ।

निर्वाचन पछि संसदमा जाँदा बरु देशलाई कसरी समृद्ध बनाउने विषयमा गठबन्धन गरेर अघि बढ्नुपर्नेमा अहिले आफ्नो जीतको स्वार्थलाई मात्र हेरेर ठगबन्धन गरेको आरोप उनले लगाए ।

साथै थापाले अहिले देशमा परिर्वतनको आशा नयाँ अनुहारबाट हुने आशा मतदाताले गरेको भन्दै आफु मतदाताको घरदैलोमा पुग्दा सकारात्मकलाई प्रक्रिया पाएको बताए । साथै उनले आफ्नो जीत निश्चित भएको पनि दावी गरे ।

सोही पत्रकार सम्मेलनमा थापाले आफुलाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको बताए । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन ।

संयोजक खड्काले स्वतन्त्रहरुलाई नै जिताउने आफूहरुको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित