तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

गठबन्धन होईन, ठगबन्धन हो– स्वतन्त्र उम्मेदवार रुपसिंह थापा

रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिएका रुपसिंह थापाले अहिले बनिरहेको गठबन्धनलाई ठगबन्धनको संज्ञा दिएका छन् । थापाले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अहिलेको गठबन्धन जनताको काम गर्नुभन्दा पनि आफ्नो स्वार्थका लागि गठबन्धन भएकाले उक्त गठबन्धन ठगबन्धन रहेको बताए ।

निर्वाचन पछि संसदमा जाँदा बरु देशलाई कसरी समृद्ध बनाउने विषयमा गठबन्धन गरेर अघि बढ्नुपर्नेमा अहिले आफ्नो जीतको स्वार्थलाई मात्र हेरेर ठगबन्धन गरेको आरोप उनले लगाए ।

साथै थापाले अहिले देशमा परिर्वतनको आशा नयाँ अनुहारबाट हुने आशा मतदाताले गरेको भन्दै आफु मतदाताको घरदैलोमा पुग्दा सकारात्मकलाई प्रक्रिया पाएको बताए । साथै उनले आफ्नो जीत निश्चित भएको पनि दावी गरे ।

सोही पत्रकार सम्मेलनमा थापाले आफुलाई हाम्रो नेपाली पार्टीले समर्थन गर्ने भएको बताए । उक्त पार्टीको लौरो चिन्ह लिएर उम्मेद्वार बनेका कमल भुसाल (निकोलस)को उम्मेदवारी खारेज भएपछि थापालाई सहयोग गर्ने सहमति भएको लुम्बिनी प्रदेश संयोजक इसा खड्काले बताइन ।

संयोजक खड्काले स्वतन्त्रहरुलाई नै जिताउने आफूहरुको अभियान भएकाले थापालाई मतदान गर्न आग्रह गरिन ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित