इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल                
समाचार :

वृद्धभत्ताको कन्सेप्ट मैले लिएर आएको हो : काँग्रेस नेता चन्द्र भण्डारी

बुटवल । नेपाली कांग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार डा. चन्द्र भण्डारी वृद्धिभत्ताको अवधारणा आफूले ल्याएको बताएका छन् । विहिबार बुटवलमा गुल्मी क्षेत्र नम्बर १ बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समितिले आयोजना गरेको उम्मेदवार परिचय तथा भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले वृद्धभत्ताको व्यवस्था गर्ने अवधारणा आफूले ल्याएको दाबी गरे ।

‘यो वृद्ध भत्ताको कन्सेप्ट पनि मैले लिएर आएको हो । अहिले अब अरुले लिएर आएको हो भने । यसमा ठूलो कहानी छ ।’–भण्डारीले भने । खाली वृद्ध भत्ताको मात्रै कुरा गरिएको भनि टिप्पणी गर्दै उनले अब बैकल्पिकरुपमा जेष्ठ नागरिकलाई स्वतः अधिकारको व्यवस्था गरिनु पर्ने बताए । कार्यक्रममा बोल्दै उनले आगामी मंसिर ४ को निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बैतर्नी तर्न मतदाताहरुलाई आह्वान गरे । मुलुकलाई निकास दिन र पुन्य कमाउन गठबन्धनलाई मतदान गर्न आह्वान गरे । उनले नेपालको मुख्य समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै नेपालमा पार्टीको सदस्यता भ्रष्टाचार गर्ने साधन बन्ने गरेको टिप्पणी गरे । मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउँदै समृद्धिको बाटोमा लैजान जनताले दिएको दुईतिहाईको मतको सरकार ढलाउने तत्वलाई चुनावमा सजाय दिनुपर्ने उनले बताए । सरकार ढलाउने र पार्टी फुटाउनेहरुलाई सजाय दिनु पर्छ, उनले भने, एमालेलाई मत नदिएर यसपटकको चुनावमा सजाय दिनु पर्छ ।

उनले प्रतिद्वन्द्वी एमाले उम्मेदवार प्रदीप ज्ञवाली तर्फ लक्षित गर्दै सरकारमा रहेको अवस्थाको रातो कितावमा त्यस कालमा एउटा पनि पुल, सडक र विकासको योजना गुल्मीले नपरेको दाबी पनि गरे । आफुले सिद्धबाबाको विकल्पमा तयार गरेको सडक योजनामा एमाले सरकारले बजेट रोकेर सुरक्षित गुल्मी पुग्ने काममा बाधा हालेको उनले आरोप लगाए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार