बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम                
समाचार :

तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु

लुम्बिनी ।
गौतमबुद्धको क्रिडास्थल तथा प्राचिन कपिलबस्तुको राजधानी तिलौराकोट क्षेत्रमा थप अन्वेषणका लागि उत्खनन शुरु गरिएको छ । यूनेस्को जापानिज फण्ड इन ट्रष्टको सहयोगमा पुरातात्व विभाग, बेलायतको दुर्हम विश्व विद्यालय र लुम्बिनी विकास कोषका विज्ञ तथा पुरातत्वविद्हरुले कार्तिक १४ गतेदेखि तिरौलाकोट क्षेत्रमा उत्खनन शुरु गरेका हुन् ।
पी. सी. मुखर्जीले सन् १८९९ मा प्राचिन तिरौलाकोट दरबारको पूर्वी ढोका पत्ता लगाएका थिए ।  मुखर्जीले पत्ता लगाए अनुसार प्राचीन सुरक्षा पर्खालको वरिपरि नहर (मुड) रहेको र बाहिरी भागमा नदी लगायतका संरचना रहेको उल्लेख गरेकाले सो क्षेत्रमा बैज्ञानिक रुपमा अन्वेषण गर्न उत्खनन शुरु गरिएको दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनीङघम्ले बताए । प्राध्यापक डा. रविनको नेतृत्वमा उत्खनन शुरु गरिएको हो । उत्खननबाट प्राप्त प्रमाणलाई आधुनिक प्रविधिको प्रयोग गरि अनुसन्धान गरिने उनले बताए ।
सन् २०१४ देखि यूनेस्को जापानीज् फण्ड इन ट्रस्टले वैज्ञानिक रुपमा विभिन्न उपकरण प्रयोग गरि तिलौराकोट र लुम्बिनीमा पुरातात्विक अध्ययन गर्दै आएको लुम्बिनी विकास कोषका प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले जानकारी दिए । तिmलौराकोटलाई विश्वसम्पदा सूचीमा सुचिकृतका लागि कोषले पहल गरिरहेको बताउँद उत्खननबाट थप प्रमाणहरु भेटिने बताए । उनले अन्र्तराष्ट्रिय विज्ञहरु सहितको टोलीले वैज्ञानिक रुपमा उत्खनन थालेको बताए ।
प्राचिन सुरक्षा पर्खालको वरिपरि रहेको नहर र पूर्वी गेटभन्दा बाहिरको संरचना क्षेत्रमा प्राचिन समयमा नदी रहेको सेल देखिएकाले उत्खनन गरिएको लुम्बिनी विकास कोषका पुरातात्व शाखाका प्रमुख हिमाल उप्रेतीले बताए । गत वर्ष उत्खनन गरि छोपेर राखेको दरबार क्षेत्रको भग्नाशेषको पुन उत्खनन गरि बाँकी रहेका क्षेत्रहरुको अन्पेषण गरिने उनले बताए । गत वर्ष पूर्वीकिल्लाका सहायक संरचनाबारे जियोफिजिकल (भू–भौतीक) सर्वे गरिएको थियो ।  उक्त सर्वेक्षणमा पिसि मुखर्जी उल्लेख गरे अनुसारका संरचना देखिएको उप्रेतीले बताए ।
पूर्वी किल्ला भित्र र पर्खाल बाहिर गरिएको उत्खननमा भेटिएका इट्टाको साईज, भाँडाकुडाका टुक्रा, माटाका मूर्तीहरु, सिक्काहरु, कोईलाहरु, बनस्तपतीका अवशेषहरुको बैज्ञानिक तरिकाले अनुसन्धान गरेर काल (बर्षको अवधी) निर्धारण गरिने पुरातात्व प्रमुख उप्रेतीले बताए । उनका अनुसार विश्वमा पछिल्लो प्रविधि प्रयोग गरि उत्खनन गरेर अनुसन्धान गरिएको छ ।
दुर्हम विश्वविद्यालय बेलायतका प्राध्यापक डा. रविन कनीङघम्को नेतृत्वमा शुरु गरिएको उत्खननमा पुरातात्व विभागका  राम बहादुर कुँवर, भाष्कर ज्ञवाली, विष्णु पाठक, लुम्बिनी विकास कोषका ज्ञानिन राई, हिमाल उप्रेती र राजन बस्नेत लगायतको टोली उत्खननमा खटिएको हो ।  उत्खनन आगामि मंसिर १६ गतेसम्म सञ्चालन हुनेछ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित