नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने एमालेले टुङ्ग्यायो लुम्बिनी प्रदेशका मन्त्रीको नाम                
समाचार :

योजनाका काम समयमै सम्पन्न गर्न बुटवलका प्रमुख पाण्डेयको निर्देशन

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले ९० प्रतिशतभन्दा बढी पूँजीगत खर्च हुने गरी योजनाका काम गर्न निर्देशन दिएका छन् ।
आर्थिक वर्ष २०७८÷७९ को वार्षिक र २०७९÷८० को प्रथम चौमासिक प्रगति समीक्षा कार्यक्रममा बोल्दै प्रमुख पाण्डेयले माघ मसान्तसम्म योजना सम्झौताको काम पूरा गर्न निर्देशन दिए ।
उनँले महाशाखा र शाखाहरुलाई योजनाका कामलाई छिटो भन्दा छिटो प्रक्रियामा अघि बढाउन र सेवाग्राहीका कामलाई तीब्र गतिमा गर्नका लागि निर्देशन दिए ।
उनले नगरका हरेक काममा आर्थिक अनुशासन र पारदर्शिता अपनाउन तथा सेवाग्राहीमैत्री वातावरण बनाउन कर्मचारीहरुलाई निर्देशन दिए ।
‘बुटवललाई कसरी अरु नगरहरुभन्दा सफल र सम्पन्न बनाउने भन्ने कुरामा सबै जनप्रतिनिधि र कर्मचारीहरुले उत्तिकै चासो र जिम्मेवारी वहन गर्नुपर्छ, उनले भने–आवश्यक प¥यो भने दैनिक १८ घण्टा काम गरेर भएपनि जनताका काम सहज र समयमै गर्ने गरी मैले त्यसको नेतृत्व गर्छु तपाइँहरु सँगसँगै आउनुहोस् ।’
प्रमुख पाण्डेयले हरेक वडालाई देशकै नमूनायोग्य र प्रभावकारी काम गर्नका लागि आग्रह गरे । ‘एउटा वडाले पाँच वर्षमा कम्तीमा एउटा यस्तो काम गर्नुस् जसले देशमै नमूना होस्, कैयौं वर्षसम्म बुटवलबासीले त्यसबाट लाभ लिने अवस्था सिर्जना गर्नुहोस्, उनले भने–त्यसका लागि सकिन्छ हाम्रै बजेटले काम गरौं, सकिदैन संघ, प्रदेश वा अरु दातृ निकायको सहयोगमा गरौं, मैले कहाँनेर अगुवाई गर्नुपर्छ म तयार छु ।’
उनले बुटवलका १९ वटै वडाको समान विकास र समान हिसाबको मानवीय विकासको लागि काम गर्न वडाध्यक्षहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले बुटवलको विकास अन्य क्षेत्रलाई समेत सिक्नलायक हुनुपर्ने बताईन । उनले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्यले मात्रै बुटवल समृद्ध बन्नसक्ने बताईन ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले वार्षिक योजना सम्पन्न गर्ने गरी काम अघि बढाउन महाशाखा प्रमुखहरुलाई निर्देशन दिए । राजस्व संकलन र योजना कार्यान्वयनको पाटोलाई उत्तिकै चासोका साथ अघि बढाइने बताउँदै उनले बुटवलले सबै योजना समयमै सम्पन्न गर्ने गरी अघि बढेको बताए ।
कार्यक्रममा महाशाखा प्रमुखहरु मित्रमणि खनाल, तुल्सा अर्याल, विष्णुप्रसाद खनाल, भुवा प्रसाद लुईटेल, शाखा प्रमुखहरु गौतम रौनियार, युवराज पाण्डे, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरुले आफ्नो प्रस्तुति तथा समीक्षात्मक प्रतिवेदन र भनाई व्यक्त गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार