उपनिर्वाचनका लागि रुपन्देहीमा राप्रपाबाट ६ उम्मेदवार सिफारिस रोट्रयाक्ट डिस्ट्रिक्ट ३२९२ नेपाल भुटानको १८औं डिआरआर पदस्थापन समारोह बुटवलमा सम्पन्न  लायन्स क्लब अफ क्षितिजको नवौं चार्टर नाइट तथा अवार्ड सेरोमनी सम्पन्न लियो क्लब अफ बुटवल मेट्रोसिटीको स्मारिका विमोचन एवम् अवार्ड सेरेमोनी कार्यक्रम एम्नेस्टी बुटवलको संयोजकमा भण्डारी एमाले-कांग्रेसका जिल्ला अध्यक्ष तथा बालकृष्ण खाणको टोल चुनावमा रास्वपा विजयी एएचएफ नेपालको ‘परियोजना सल्लाहकार समिति’ को बैठक सम्पन्न मन्जुश्री फाइनान्स लिमिटेड मुगिया शाखा द्वारा पर्रोहा क्याम्पसलाई पुस्तक हस्तान्तरण किन असफल भयो तिलौराकोटलाई विश्व सम्पदामा सुचीकृत गर्ने प्रयास ? आज वर्षा: यी प्रदेशमा बढी सम्भावना                
समाचार :

महतरा र आचार्य हत्या-काण्डको नयाँ तथ्य फेला

दाङ । दाङ तुलसीपुरको दमार गाउँको जंगलमा मृत भेटिएका शरद आचार्य र रोशनी महतराको मृत्यु विद्युतीय धरापमा परेर भएको प्रहरीले निश्कर्ष निकालेको छ ।

गत असोज ३० गते दमार गाउँकी १५ वर्षीया रोशनी महतरा र दंगीशरण गाउँपालिका–६ थपागाउँका–१४ वर्षीय शरद आचार्यको शव जंगलमा एकै ठाउँमा फेला परेको थियो । सुरुमा शव फेला पर्दा हत्या भएको हुन सक्ने प्रहरीको आशंका थियो ।

तीन साता लगाएर गरेको अनुसन्धानले प्रहरी नयाँ तथ्यमा पुगेको हो । घटनाबारे विभिन्न चरणमा पुगेर अनुसन्धान टुंग्याएपछि प्रहरीले शरद–रोशनीको हत्या नभएर विद्युतीय धरापमा परेर मृत्यु भएको निश्कर्ष निकालेको छ ।

प्रहरी स्रोतका अनुसार गाउँका वासिन्दाले बँदेललाई बस्तीमा आउनबाट रोक्न थापेको विद्युतीय धरापमा परेर करेन्ट लागेर शरद र रोशनीको मृत्यु भएको थियो । उनीहरुको मृत्युपछि घटनालाई लुकाउन स्थानीय चार जनाले शरद र रोशनीको शव जंगलमा लगेर गाडेको प्रहरी स्रोतले अनलाइनखबरलाई बतायो । प्रहरीले घटनामा संलग्न चार जनालाई पक्राउ गरेको छ ।

घटनाबारे प्रहरीले आधिकारिक रुपमा बोलेको छैन । प्रहरीले आइतबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

गत असोजको २७ गते शरद र रोशनी रातिदेखि घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्कविहीन भएका दुवै जनाको शव तीन दिनपछि जंगलमा एउटै खाडलमा गाडेको अवस्थामा फेला परेको थियो । शव फेला परेको तीन दिनपछि आफन्तले एकै ठाउँमा दुवै जनाको अन्त्येष्टि गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित