


बुटवल। स्वतन्त्र नागरिक समूह नेपालले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ । संविधानका केही विषयमा असहमति भएकाले निर्वाचनलाई शान्तिपूर्ण बहिस्कार गर्ने उक्त समूहले शनिबार बुटवलमा पत्रकार सम्मेलनमार्फत साे जानकारी गराएको हो ।
समूहका अध्यक्ष विश्वराज गैरेले धर्मनिरपेक्षता गलत बाटोबाट ल्याइएको, संघीयता विदेशीको इशारामा लादिएको भन्दै संविधान संशोधनका लागि दबाव दिन चुनाव बहिस्कार गर्न लागेको बताए ।
३६ जिल्लामा स्वतन्त्र नागरिक समूहको संगठन सञ्जाल रहेको समूहका महासचिव टोपबहादुर केसीको भनाइ छ । उनले निर्वाचन शान्तिपूर्ण बहिस्कार गर्न आब्हान गर्ने र कुनै ताेडफाेडमा नउत्रिने प्रष्ट पारे ।