जि २५ क्लबले लागुऔषध दुव्र्यसनी सम्बन्धी सचेतना कार्यक्रम गर्ने बुटवलमा पुस १४देखि नवौँ जिल्लास्तरीय स्नुकर सम्बन्ध सहकारीको छैठौं साधारणसभा रुपन्देहीको फर्साटिकरमा मंसिर २४ देखि व्यापार महोत्सव तिनाउमा बन्ने ‘सिग्नेचर’ पुलको निर्माण प्रक्रिया सुरू लुम्बिनी विकास कोषकी योजना प्रमुख भट्टलाई निलम्बन गर्न माग दोस्रो क्यानन सेभेन ए साइड फुटबलको च्याम्पियन बन्यो होराईजन जिबिएस, स्कलर्सहोम उपविजेता चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् अक्सफोर्ड बाट एनसिसीमा तालिम लिन जाने विद्यार्थीहरुलाई विदाई बुटवलको कान्ति माविबाट १२ पास गरेपछि भविष्य खोज्दै काठमाडौँ गएका थिए माधव                
समाचार :

मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने

बुटवल । मंसिर १ गते राति १२ बजेदेखि ३ दिन नेपाल–भारत सीमा नाका बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यको निर्बाचनलाई लक्षित गर्दै ३ दिन सिमा नाका बन्द हुने भएको हो । नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म बन्द गर्ने निर्णय नेपाल–भारत सीमावर्ती जिल्लाहरुको सुरक्षा समन्वय बैठकले गरेको हो ।

रुपन्देहीको छपियामा सम्पन्न बैठकमा नेपालका तर्फबाट जिल्ला प्रशासन कार्यालय रूपन्देही, कपिलवस्तु र नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा प्रमुखहरु र भारतका तर्फबाट सिद्धार्थनगर र महाराजगञ्ज जिल्लाका डिष्ट्रिक मजिष्टे«डसहित सुरक्षा प्रमुखहरु सहभागी थिए ।

आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सीमावर्ती सुरक्षा समस्याहरुलाई सम्बोधन गर्न बैठक बसेको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जारी गरेको प्रेस बिज्ञप्तीमा जनाइएको छ ।

बैठकमा सीमा क्षेत्रमा हुने हातहतियारको तस्करी, लागूऔषध ओसारपसार, मानव बेचबिखन नियन्त्रणका वारेमा जनचेतनाका कार्यक्रम संचालन, निगरानी तथा सुरक्षा उपायहरु अपनाउने, नक्कली नोट नियन्त्रण लगायतका साझा सवालका विषयमा विभिन्न निर्णय गर्दै दुवै पक्षबाट कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित