लुम्बिनी प्रदेशसभा संसदीय समितिमा सर्वसम्मत नेतृत्व अर्घाखाँची सिमेन्टले एनएमबि क्यापिटल लिमिटेडलाई तोक्यो शेयरको निष्काशन तथा बिक्री प्रबन्धक गुल्मीमा आगो निभाउने क्रममा १ जनाको मृत्यु, १ घाइते लुम्बिनी प्रादेशिक अस्पताल: ६ अर्ब लागतमा अन्डरग्राउण्डसहित बन्ने छ १२ तलाको अत्याधुनिक भवन दाङमा माटोको ढिस्कोले पुरिएर दुई बालकको मृत्यु आजको मौसमः गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा बर्षा र हावाहुरी प्रहरीले सुप्रिम सहकारीको अनुसन्धान टुंग्यायो स्वर्ण महोत्सवमा प्रशिक्षण, स्वास्थ्य शिविर तथा बृहत् रक्तदान कार्यक्रम रुपन्देहीको तिलोत्तमामा भयानक बस दुर्घटना (तस्विरहरु) आजको मौसमः तीन प्रदेशमा मेघगर्जन सहित बर्षा हुने                
समाचार :

खेल र खेलाडीको क्षेत्रमा फराकिलो विकास गर्नेछौंः उपाध्यक्ष पौडेल

बुटवल । पूर्व अर्थमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष विष्णु पौडेलले खेल र खेलाडीको क्षेत्रलाई फराकिलो गरी विकास गर्ने बताएका छन् ।

खेल क्षेत्रमा गरिने लगानी व्यर्थको नभई राष्ट्रले गर्नैपर्ने लगानी भएको बताउँदै पौडेलले त्यसको लागि अनूकूल परिस्थित र वातावरण आफूले निर्माण गरी काम गर्ने स्पष्ट पारे ।

मदन भण्डारी स्पोर्टर्स एकेडेमीद्वारा शनिबार बुटवल आयोजित खेलाडी प्रशिक्षण तथा खेलप्रेमीहरूको वृहत भेलामा बोल्दै रुपन्देही–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहेका पौडेलले खेल क्षेत्रमा सम्पूर्ण समस्या समाधान गर्न आफू तयार रहेको दावी गरे ।

‘उर्जाशील जीवन विताएका खेलाडीको सम्मानितपूर्वक बाच्नको लागि हामीले निर्वाभत्ता, निःशुल्क जीवन बीमा, दुर्घटना बीमासँगै खेल पूर्वाधारको लागि काम गर्नेछौं ।’ पूर्व खेलकूद मन्त्री समेत रहेका पौडेलले भने ।

उपाध्यक्ष पौडेलले थपे, खेल क्षेत्रको उन्नति र खेलाडीले स्वाभिमानको पक्षमा काम गर्नेछौं ।

खेल जीवनपछि सहज जिविका निर्वाहको उपचारको प्रबन्ध गर्नेछौं ।’ नेपालमा खेलकूको क्षेत्रमा अभूतपूर्व सम्भावना रहेको बताउँदै भगवान गौतमबुद्धसँग खेललाई जोडेर प्रमोसन पनि गर्न सकिने उनले बताए । हाई अल्टीच्यूट स्पोट्समा जान पनि सकिने सम्भावना रहेका उनको भनाइ छ । राज्यका खेल सम्बद्ध संगठनले गर्न नसकेको काम मदन भण्डारी स्पोट्स एकेडेमीले गरेको समेत पौडेलले बताए ।

कार्यक्रममा एमाले पोलिटव्यूरो सदस्य तथा रुपन्देही २ (१) का उम्मेदवार लिला गिरीले आफू प्रदेशको मन्त्री हुँदा खेल पूर्वाधारमा ठूलो बजेट विनियोजन गरेको बताए ।

आफूले अझै खेल र खेलाडीले देख्न सने गरी प्रदेशमा काम गरेर खेलाडीमार्फत देशलाई विश्वमा देशलाई चिनाउन आफू पछि नपर्ने बताए ।

त्यस्तै एमाले प्रदेश उपाध्यक्ष तथा रुपन्देही २ (२) का उम्मेदवार भोजप्रसाद श्रेष्ठले स्वास्थ्य र खेलको क्षेत्रमा आफूले काम गर्ने बताए ।

राप्रपा प्रदेश अध्यक्ष तथा समानुपातिक उम्मेदवार प्रदीप उदयले खेलाडीको सम्मानित जीवनको लागि नेताहरुले सोच्नुपर्ने बताए ।

कार्यक्रममा एकेडेमीका अध्यक्ष धु्रव आचार्यले खेल र खेलाडीको जीवन सुरक्षित गर्न नेताहरुलाई आग्रह गरे ।

एकेडेमीका सचिव डा. शक्ति बस्नेतले खेला र स्वास्थ्य दुवै क्षेत्रमा राजनीतिक दलहरुले काम गर्न आवश्यक रहेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार