मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना नारायणगढ–बुटवल सडक: दाउन्ने क्षेत्रमा काम केन्द्रित लुम्बिनीको नीति तथा कार्यक्रम : नारैनारामा जेलिएको महत्कांक्षी योजना, के-के छन् प्राथमिकतामा ?                
समाचार :

बुटवल पुगेर बद्री पंगेनीले भने–विकासको मोडल हेर्न रुपन्देही पुगौं

रुपन्देही । लोकदोहोरी गायक बद्री पंगेनीले विकासको मोडल हेर्न रुपन्देही आउनुपर्ने बताएका छन् ।
‘म कसैको आग्रहमा यहाँ आएको हैन, यहाँका विकासका नमुना योजना हेर्नुहोस्, अनि आफै मूल्यांकन गर्नुहोस्, यहाँको विकासले बुटवल,रुपन्देही र प्रदेश मात्रै होइन देशमै नयाँ मोडल दिएको छ, यसको नेतृत्व नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विकासे नेताको छवि बनाएर देखाउनु भएको छ’– उनले भने ।

रुपन्देही क्षेत्र नं. २ को बुटवलमा एमालेले आयोजना गरेको चुनावी कार्यक्रममा गीत गाउन आएका पंगेनीले देशभरमै पौडेल विकासे नेतामध्ये पहिलो भएको दावी गरे । मुलुकको अहिलेको आवश्यकता विकास र समृद्धि नै भएकोमा पंगेनीले जोड दिए । ‘विकास र समृद्धि अहिलेको आवश्यकता हो, त्यसका लागि तपाईहरुले विष्णु पौडेलजस्तो नेता पाउनुभएको छ’–पंगेनीले भने–‘काठमाडौं र नेपालभरि नै विकासे नेता को भन्यो भने विष्णु पौडेलको नाम सबभन्दा पहिला आउंछ ।’

पौडेलको नेतृत्वमा विशेषगरी रुपन्देही र लुम्बिनी प्रदेशमा भएका विकास निर्माणका कामहरुको अथाह प्रमाणहरु खोज्न सकिने गायक पंगेनीले उल्लेख गरे । ‘उहांले ल्याएका वजेटहरु,योजनाहरु,भिजनहरु, वजेट कार्यान्वयन गर्ने कार्यक्षमता शायदै अरु नेताहरुमा हुनसक्ला’–पंगेनीले भने–‘स्थानीय तहका वडा वडासम्म समन्वय गरेर वजेट कार्यान्वयन गर्ने क्षमता उहांमा धेरै छ ।’

पंगेनीसंगै गायिका पूर्णकला बीसीले पनि नेकपा एमालेका उम्मेदवार विष्णु पौडेल र प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठको पक्षमा गीत गाएका थिए ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित