थाइ एअर एसियाले थाल्यो भैरहवा–बैंकक उडान रविलाई तिहार लगत्तै बुटवल ल्याइने भैरहवा उडान गर्ने सर्तसहित थाइ एयरको उडान प्रतिबन्ध फुकुवा म्यानमारका संस्कृतीमन्त्री यूटिन द्वारा लुम्बिनी भ्रमण लुम्बिनी सरकारको सय दिन : सडक निर्माणदेखि सुशासन कायम गरेको मुख्यमन्त्रीको दाबी धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा आज मनाइँदै सिन्धुली कला घरको आयोजनामा कार्तिक १५ र १६ गते बुटवलमा देउसी भैलो कार्यक्रम हुने प्रहरी ईन्स्पेक्टर सुनारको खुबी: कर्तव्यज्यान मुद्धाका फरार प्रतिवादी १० वर्षपछि पक्राउ सैनामैनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुँदै बुटवलको अमरपथमा दीपावली महोत्सव हुने                
समाचार :

अधुरा योजनाको पूर्णता र मानवीय विकासका लागि एमालेलाई जिताऔं– नेता गिरी

बुटवल कार्तिक ।
अधुरा योजनाको पूर्णतासंगै भौतिक र मानवीय विकास गर्न मतदाताले उम्मेदवारलाई आग्रह गरेका छन् । स्थानीयस्तरमा भएका समस्याहरुको दिगो समधान गर्न पनि उनीहरुले उम्मेदवारलाई आग्रह गरे ।

शनिबार तिलोत्तमा नगरपालिका वडा नं. ३ मा भएको घरदैलो कार्यक्रममा रुपन्देही क्षेत्र नं .१ (१) का उम्मेदवार लिला गिरीसंग मतदाताले भौतिक विकास र मानवीय विकासलाई प्राथमिकतामा राखेर योजना बनाउन आग्रह गरे ।

स्थायी सरकार निर्माणसंगै समृद्ध नेपालका लागि एमाले नेतृत्वको सरकार आवश्यक रहेको मतदाताको भनाइ थियो । उनीहरुले सडक निर्माण, नाली तथा ढलको निकास, स्वास्थ्य र शिक्षामा नयाँ आयम ल्याउने गरी काम गर्नसमेत उम्मेदवार गिरीलाई मतदाताको आग्रह थियो ।

मतदाताको सुझाव लिदै घरदैलोमा पुग्दा मतदातामा उत्साह देखिन्थ्यो ।

मतदाताको सुझावपछि नेता गिरीले एमाले सरकारमा रहँदा वा नरहँदा जनताको पक्षमा सधै रहेको बताउँदै एमाले नेतृत्वको सरकार निर्माणपछि देशमा सुशासन, आर्थिक समृद्धिको नयाँ बाटो तय हुने बताए । साथै उनले स्थानीय तहमा हुने गरेका समस्याहरुलाई सरकार निर्माण हुन साथ सुरु गर्ने बताए ।

उनले तिलोत्तमा वडा नंं ३ लाई सडक सञ्जालमा विस्तार गर्न योजना बनाएर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए । उनले सो क्षेत्रमा अहिले पनि अव्यवस्थित, सुकुम्बासीहरुको समस्या रहेको बताउँदै त्यसको समधान एमालेले पहिलो प्राथमिकतामा राखेर गर्ने बताए ।

एमाले नेतृत्वको सरकार भुमि आयोग गठन गरेर लालपूर्जा वितरण गर्नै लाग्दा सरकारबाट बाहिरिनुपरेको उल्लेख गर्दै उनले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको समस्या एमालेले मात्र पूरा गर्ने बताए ।

पुर्वमन्त्रीसमेत रहेका गिरीले तिलोत्तमा वडा नं. ३ मा खेलपूर्वाधार निर्माणलाई पनि प्राथमिकतामा राखेर योजना अघि बढाउने बताए । ‘हामीले तत्काल गर्नसक्ने कामलाई पहिलो प्राथमिकतामा राख्नेछौ । त्यसपछि क्रमस ड्रिम योजनाहरु निर्माण हुनेछन् । त्यसपछि विकासले कायापलट हुनेछ ।’ उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित