तिनाउमा खाना महोत्सव बुटवलको नहरपुरमा रहेको इडन बोर्डिङ स्कुलमा खाना महोत्सव तथा सांस्कृतिक कार्यक्रम सम्पन्न पामिर एकेडेमीमा खेल महोत्सव सुरु क्याननमा ‘फुड कर्निभल’ एमालेले टुङ्ग्यायो रूपन्देहीका ५ वटै क्षेत्रमा उम्मेदवार विष्णु पौडेल रुपन्देही–२ बाटै चुनाव लड्ने लुम्बिनीमा नेकपाबाट प्रचण्डदेखि वामदेव गौतमसम्म उम्मेदवार लुम्बिनी प्रदेश : एमालेका हेभीवेट नेतादेखि युवा अनुहारसम्म चुनावी मैदानमा (सूचीसहित) पार्टी छाड्ने ‘घुर्की’ले गर्‍र्यो, रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेवले पाए एमालेबाटै टिकट तिनाउ बोडिङ स्कुलमा खेल सप्ताह जारी                
समाचार :

बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना

  • स्टल दर्ताको काम सुरु
  • बुटवल । रुपन्देही उद्योग संघ, नेपाल उद्योग परिसंघ तथा लुम्बिनी प्रदेश उद्योग संघको संयुक्त आयोजनामा आगामी पुष ७ देखि १९ गतेसम्म बुटवलमा हुन गैरहेको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को तयारी स्वरुप प्रदर्शनी स्थल बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको स्थापना गरिएको छ ।

    शुक्रवार बुटवल मण्डपमा प्रदर्शनी सचिवालयको संघका अध्यक्ष तथा प्रदर्शनी आयोजना मुल समितिका संयोजक माधव प्रसाद पौडेलले विधिपूर्वक पुजा आजा गरि सुभारम्भ गरेका हुन । सो अवसरमा संघका पूर्व अध्यक्षहरु, कार्यसमितिका पदाधिकारी, सदस्य तथा सल्लाहाकारहरुको उपश्थिती रहेको थियो ।

    बुटवल उपमहानगरपालिका–१० बुटवल मण्डपमा बन्दै गरेको आधुनिक अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा रुपन्देही उद्योग संघले पहिलो पटक प्रदर्शनी आयोजना गर्न लागेको छ ।

    प्रदर्शनी आयोजना सफलता पूर्वक सम्पन्न गर्न आवश्यक तयारीका कामहरु द्रुत गतिमा अगाडी बढाउने लक्ष्यसहित मण्डपमा सचिवालय स्थापना गरिएको संघका महासचिव हरि बहादुर खत्रीले बताए । शुक्रवारबाट प्रदर्शनी तथा उद्योग संघको सबै काम सचिवालयबाट हुने महासचिव खत्रीले जानकारी दिए ।

    काठमाडौं बाहिर निमार्ण गरिएको पहिलो अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रमा पहिलो पटक आयोजना हुन लागेको औद्योगिक प्रदर्शनीमा उपभोक्ता दर्शकहरुले नयाँ स्वाद र व्यवस्थापन हेर्न पाउने संघका अध्यक्ष माधव प्रसाद पौडेलले बताए ।

    अध्यक्ष पौडेलले आर्थिक गतिविधि खस्दो वर्तमान अवस्थामा प्रदर्शनी आयोजना चुनौतिपूर्ण रहेको बताउदै त्यसलाई आत्मसाथ गर्दै प्रदर्शनीको आयोजनाले उद्योगी, व्यवसायी एवं उपभोक्तामा उत्साहा जगाउने विश्वास व्यक्त गरे ।

    “संमृद नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने मूल नाराका साथ हुन लागेको राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव २०७९ मा स्वदेशी उत्पादन, प्रविधि र कृषि एवं पर्यटनको विकासका लागि समयको परिवर्तनस“गै परिमार्जित र परिस्कृत स्टलहरु समावेश गरिने संघले जनाएको छ ।

    प्रदर्शनीमा सहभागिताका लागि स्टल दर्ताको काम सुरु भएको संघका प्रमुख कार्यकारी अधिकृत यादव प्रसाद भण्डारीले बताए ।

    उनका अनुसार प्रदर्शनीमा विभिन्न प्रकृतिका करिव ५ सयसम्म विभिन्न प्रकृतिका स्टलहरुको सहभागिता रहने र शुक्रवारसम्म ५० वटा स्टल दर्ता भएका छन् ।

    प्रदर्शनीका विशेषता रुपमा स्वदेशी उत्पादनको प्रदर्शन, प्रवद्र्धन तथा बजारीकरण, प्रविधि प्रदर्शन, पर्यटन प्रवद्र्धन एवं सूचना केन्द्र, विभिन्न लोक संस्कृति प्रदर्शन, दोहोरी गीत, लोकगीत र लोक नृत्य प्रतियोगीताहरु, प्रदर्शनी आइडल, औद्योगिक सूचना केन्द्रको संचालन, सूचना प्रविधि ग्रामको संचालन, कृषि ग्राम संचालन, अटो पेभेलियन, विभिन्न खेलकूद प्रतियोगिताहरु रहेको जनाइएको छ ।

     

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित