अत्याधिक गर्मी बढेपछि सियारीका विद्यालयहरु १४ दिन बन्द भाइबुहारीको चालक बनाउँदा ज्यान गुमाएका सुवास ६ वर्षयता पूर्णबहादुरको सुरक्षामा थिए सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र क्लव डेनोभोको फर्निचर सम्बन्धी कार्य दर्ता विना भएको भन्दै अनुगमन टोलीले काम रोक्यो ‘गोरखामा करेन्ट चाउचाउमा किरैकिरा भेटियो, ट्रेडमार्क चोर्दै उपभोक्तामा भ्रम छरियो’ पाल्पाको दुर्घटनामा मृत्यु भएकाको शोकमा पाणिनिमा आज बिदा समाज परिवर्तन र रुपान्त्रणका लागि युवाहरु एक हुनुपर्छ – ढकाल करेन्ट चाउचाउले वाइवाइकाे ट्रेडमार्क चोर्‍यो, यशोदा फुड्समाथि मुद्दा बाँके कार दुर्घटनाः रक्षामन्त्री खड्काले हवलदार अधिकारीलाई पारिबारिक भ्रमणमा चालक बनाएर पठाएका थिए सामूहिक विकास साकोस द्वारा विश्व वातावरण दिवसको अवसरमा वृक्षरोपण कार्यक्रम                
समाचार :

आज हरिबोधिनी एकादशी, तुलसीको विवाह गरी मनाइँदै

काठमाडौं । आज (शुक्रबार) कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पर्व मनाइँदै छ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिएको तुलसीको आज विवाह गरिदिने मनाइने धार्मिक चलन रहेको छ ।

हरिबोधिनिका दिन विष्णु भगवानको पूजा अर्चनासहित तुलसी विवाह गरिदिने चलन छ । एकादशीहरूमा सबैभन्दा ठूलो हरिबोधिनी एकादशीेलाई मानिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्छन् ।
अशाढ शुक्ल एकादशीको दिन भगवान विष्णु सुतेर कात्तिक शुक्ल एकादशीका दिन उठ्ने विश्वास गरिन्छ । विष्णु क्षीर सागरमा सुतेकाले यी चार महिना विवाह व्रतबन्ध जस्ता माङ्गलिक कार्य गर्न नहुने मान्यता छ ।

हरिबोधिनी एकादशीका दिन भगवान विष्णुले माता तुलसीको प्रार्थना सुनेको र यसै प्रार्थनाको प्रभावले निन्द्राबाट ब्यूँझिएको धार्मिक कथन छ । तुलसी विष्णुप्रिया भएकाले यस दिन तुलसीको विवाह गर्ने परम्परा बसेको हो ।

हरिबोधिनी एकादशीका दिन घर घरमा पूजा गर्दै आएको तुलसीको मठमा गाईको गोबर र रातो माटोले पोतेर सिङ्गारी फूल मालाले सजाएर विवाह गरिने चलन छ ।

तुलसीको पूजा गरिएको घरमा यमदूत पनि पस्दैनन् भन्ने धार्मिक विश्वास छ । तुलसीको महिमा वैज्ञानिक रूपमा पनि लाभदायक प्रमाणित भएको छ ।

आजको दिन भगवान् विष्णुको भजनकीर्तन गर्दै रातभर जाग्राम बस्ने चलन छ । यसरी गरिएको पूजा आराधनाबाट सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार