दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

दुई दशकपछि पुनः विश्वकप उपाधि जित्ने लक्ष्यमा ब्राजिल

धेरै फुटबल खेलप्रेमीले ब्राजिल र विश्वकपलाई पर्यायवाची ठान्ने गर्छन्। कारण हो, सर्वाधिक पाँच पटक विश्वकप जित्नु। त्यति मात्रै नभई ब्राजिलको टिम र उसको प्रदर्शन।

विश्वकपमा मात्रै नभई ब्राजिल आफ्नै क्षेत्रीय स्तरमा पनि सबैभन्दा बलियो टिम हो। विश्वकप सुरु हुनु एक महिनाअघि फिफाले सार्वजनिक गरेको फिफा वरीयतामा ब्राजिल विश्वकै १ नम्बर स्थानमा रहेको छ। यसबाट पनि अनुमान गर्न सकिन्छ, ब्राजिल विश्वकै सबैभन्दा बलियो टिम हो।

ब्राजिलले अन्तिम पटक सन् २००२ मा विश्वकप उपाधि जितेको थियो। ब्राजिल विश्व विजेता बनेको दुई दशकयता उसले अर्को उपाधि जित्न सकेको छैन। विश्व विजेता बनेको दुई दशक भइसकेको र अब पुनः विश्व विजेता बन्ने लयमा रहेको ब्राजिलका मुख्य प्रशिक्षक टिटेले बताए। रसियन मिडिया सामरासँग कुरा गर्दै टिटेले भने, ‘हामी विश्व विजेता भएको दुई दशक बितिसकेको छ। अहिले हाम्रो टिम धेरै सन्तुलित छ। हामीसँग नेइमारजस्ता स्टार खेलाडीको साथ छ। अब विश्व विजेता बन्ने पालो हाम्रै हो। हामी विश्वकपका लागि पूर्ण रुपमा तयार छौं । मेरो टिमबाट धेरै अपेक्षा गरिरहेको छु।’

नेइमारको आशा
वर्तमान ब्राजिलका स्टार नेइमारले यस पटकको विश्वकप आफ्नो अन्तिम हुन सक्ने बताइसकेका छन्। पेलेको सर्वाधिक अन्तर्राष्ट्रिय ७७ गोलको कीर्तिमान तोड्ने क्रममा छन्, उनी। नेइमारले ब्राजिलका लागि ७५ गोल गरिसकेका छन्। अब तीन गोल मात्रै गरे नेइमार ब्राजिलको इतिहासकै टप गोलस्कोरर बन्नेछन्।

केही महिनाअघि एक अन्तर्वार्तामा नेइमारले यो विश्वकप आफ्नो अन्तिम हुन सक्ने बताएका छन्। उनले भनेका छन्, ‘मलाई लाग्छ, यो मेरो अन्तिम विश्वकप हो। त्यसका लागि मानसिक रुपमै म तयार भइसकेको छु। मेरा तर्फबाट देशका लागि सक्ने जति सबै गर्न तयार छु। म ब्राजिललाई विश्वकप जिताउन चाहन्छु। देशबाट विश्वकप जित्नु मेरो एउटा ठूलो सपना हो। म सम्भव भएसम्म उपाधि जित्न प्रयास गर्नेछु।’

आक्रामक तथा सन्तुलित टिम
अहिलेको अवस्थामा संसारमा सबैभन्दा धेरै अट्याकिङ भएको फुटबल टोलीको देश ब्राजिल हो। विगतमा पेले, रिभाल्डो, रोनाल्डो, रोनाल्डिन्हो, काकाजस्ता खेलाडी जन्माइसकेको ब्राजिलमा अहिले पनि स्टारको कुनै कमी छैन। अहिले ब्राजिलमा नेइमार, एन्टोनी, भिनिसियस, राफिन्हा, फिर्मिन्हो, रोड्रिगोजस्ता खेलाडी छन्। उनीहरू अहिलेको व्यावसायिक फुटबलमा सबैभन्दा लोकप्रिय खेलाडी हुन्।

अट्याकिङ लाइन मात्रै नभई ब्राजिलमा डिफेन्डर, मिडफिल्डरर गोलकिपर पनि उस्तै उत्कृष्ट छन्। इंग्लिस क्लब म्यानचेस्टर सिटीका गोलकिपर एडर्सन र लिभरपुलका गोलकिपर एलिसन बेकर यी दुवै जना ब्राजिलका मुख्य गोलकिपर हुन्। ब्राजिलका लिजेन्ड डिफेन्डर डानी आल्भेस पनि टिममा फर्किइसकेका छन्। थियागो सिल्भा, मार्किन्युस, मिलिटाओ अनुभवी डिफेन्डर हुन् ब्राजिल टिमका, जसले ब्राजिलको रक्षापंक्ति लाइनलाई धेरै बलियो बनाएर राखेका छन्। मिडफिल्डरमा फ्याबिन्हो, क्यासेमेरो, काउन्टिन्होजस्ता अनुभवी खेलाडी छन्। उनीहरू गोलका लागि सहायक मात्रै नभई आफैं पनि स्कोर गर्न सक्छन्। सन्तुलित खेलाडीका साथ उत्कृष्ट टिम रहेको ब्राजिललाई पराजित गर्न कुनै पनि टिमका लागि सामान्य कुरा होइन।

ब्राजिलको इतिहास
विश्वकप इतिहासमा सबैभन्दा सफल टिम हो, ब्राजिल। उसले पाँच पटक विश्व विजेताको स्वाद लिइसकेको छ। त्यति मात्रै नभई विश्व उपविजेता, तेस्रो र चौथो स्थानमा पनि आफूलाई दुई पटकभन्दा धेरै राखिसकेको छ। साथै, विश्वकपमा ब्राजिल एउटा मात्रै यस्तो टिम हो, जसले सन् १९३० बाट सुरु भएको फिफा विश्वकपको सबै संस्करणमा छनोट भएर खेलेको छ। फुटबलका पिता मानिने पेले प्रेरित ब्राजिलले सन् १९५८ मा पहिलो पटक विश्वकपको उपाधि जितेको थियो।

त्यसपछि ब्राजिलले अर्को संस्करण अर्थात् सन् १९६२ को प्रतियोगितामा पनि उपाधि जित्यो। सन् १९७० को विश्वकप उपाधि जित्दै ब्राजिलले आफ्नो पोल्टामा तीन वटा उपाधि राख्दै गर्दा त्यसको श्रेय पेलेलाई जान्छ।

उनले संसारको ध्यान आफूप्रति केन्द्रित गराउँदै लगातार चार संस्करणमा तीन वटा विश्वकप उपाधि जिताएका थिए। त्यसपछि ब्राजिललाई चौथो उपाधि जित्न करिब दुई दशक नै पर्खनुप¥यो। ब्राजिलले सन् १९९४ मा चौथो र सन् २००२ मा पाँचौं उपाधि जित्दै सर्वाधिक विश्व विजेताको कीर्तिमान राख्यो।

ब्राजिलियन टिम
गोलकिपरः एडर्सन, एलिसन बेकर, वेभेर्टन

डिफेन्डरः माक्र्युनस, थियागो शिल्भा (कप्तान), डानी आल्भेस, एलेक्स सान्ड्रो, डानिलो, इडर मिलिटाओ, अराना

मिडफिल्डरः फ्याबिन्हो, क्यासेमेरो, फ्रेड, काउन्टिन्हो, प्याक्वेटा, डानिलो, ग्युमारेस

अट्याकिङः ग्याब्रयल जेजुस, एन्टोनी, मार्टिन अलि, नेइमार जुनियर, भिनिसियस जुनियर, रोड्रिगो, रिचाल्सन, राफिन्हा, रोवर्टो फिर्मिन्हो

–समाचार एजेन्सीहरुको सहयोगमा

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित