रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

कपिलवस्तुका २८ मतदानस्थल अति संवेदनशील सूचीमा, १०७ वटा संवेदनशील

  • `
  • कपिलवस्तुका २८ मतदानस्थललाई सुरक्षाका दृष्किोणले अति संवेदनशील सूचीमा राखिएको छ।

    जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरि २८ मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो। प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जिल्लामा रहेका २३४ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए।

    जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि वर्गीकरण गरेको हो। जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलतालगायतका विषयमा छलफल गरि मतदानस्थलको वर्गीकरण गरिएको बताए। ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाइ वर्गीकरण गरिएको हो’, उनले भने।

    समितिले १०७ वटा मतदानस्थललाई संवेदनशील र ९९ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ। प्रमुख जिल्ला अधिकारी मिश्रले निर्वाचनस्थलको निरीक्षणपछि मतदानस्थलको सूचि निर्धारण गरिएको बताए। गत स्थानीय निर्वाचनमा २३५ मतदानस्थल र ४६८ केन्द्र राखिएको थियो। यसपटक मतदानस्थल एउटा घटाएर २३४ र मतदान केन्द्र चारवटा बढाएर ४७२ कायम गरिएको छ।

    निर्वाचनका लागि तीन हजार सात कर्मचारी परिचालन गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। प्रत्येक केन्द्रमा स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिनेछ। तीन वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।

    कपिलवस्तुमा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका ६ गरि कूल ९ पदका लागि १४३ उम्मेदवार छन्। जिल्लामा दुई लाख दुई हजार एक सय २५ पुरुष, एक लाख ७६ हजार एक सय पाँच महिला र दुई अन्य गरी कूल तीन लाख ७८ हजार दुई सय ३२ मतदाता छन्।

     

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार