युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत                
समाचार :

दुई नाबालिक अपहरण गरी सामुहिक बलात्कार गर्ने ९ जना पक्राउ

  • बुटवल । रुपन्देहीको कञ्चन गाउंपालिकाका २ नाबालिक लाई सामुहिक बलात्कर गर्ने ९ जनालाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ ।

    गत बुधबार सांस्कृतिक कार्यक्रम हेरी दाजुहरुसंगै घर फर्केने क्रममा नाबालिकहरुलाई मोटरसाईकलमा आएका युवाहरुले अपहरण गरी बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरेको हो । नाबालिकहरुलाई बलात्कार गर्नुअघि युवाहरुको टोलीले संगै रहेका दाजुलाई आक्रमण गरेका थिए ।

    प्रहरीले १६ बर्षिय नाबालिक लाई ६ जनाको समुहल कञ्चन २ स्थितको गोफ्लापुर कुडियाखोला किनार बगरमा बलात्कार गरेको र अर्की १५ बर्षिय नाबालिकलाई ७ जनाले देउराली सामुदायिक बनमा लगेर सामुहकि बलात्कार गरेको आरोपमा ९ जनालाई पक्राउ गरिएको रुपन्देहीका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक श्याम अर्यालले बताए ।

    पक्राउ पर्नेमा सैनामैना नगरपालिका वडा नं ११ वनकट्टीका वर्ष १९ का पदम कार्की, सोही स्थानका १६ बर्षीय परिवर्तित नाम विष्णु, गैंडहवा ८ का १८ बर्षिय राहुल परियार, १७ बर्षिय परिवर्तित पि एम रहेका छन् ।

    यसैगरी सैनामैना ११ का १८ बर्षीय बबि पाण्डे, १५ बर्षिय परिवर्तित नाम साजन, गैंडहवा ८ का २६ बर्षीय राम बहादुर वि.क., १६ बर्षिय परिवर्तित प्रकाश र १४ बर्षिय एक बालक रहेको ईलाका प्रहरी कार्यालय सालझण्डीका प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले बताए ।

    उनले अपहरण र सामुहिक जवरजस्ती करणीमा १३ जना व्यक्तिहरुको समुह संलग्न रहेकोमा ९ जना पक्राउ परेका र अन्य व्यक्तिहरुको खोजी भैरहेको बताए । पक्राउ परेका हरुलाई अपहरण र करणी सम्बन्धि कसुरमा म्याद थप गरी थप अनुसन्धान भैरहेको उनले बताए ।

    प्रहरीले पक्राउ परेका व्यक्तिहरुबाट ३ वटा मोटरसाईकल, २ वटा मोबाईल बरामद गरेको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित