गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रु लगेर मलेसिया उड्यो हिमालय एयरलाइन्स

  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले बिहीबारै भैरहवाँबाट १३५ जना यात्रु लिएर मलेसिया उडेको छ ।

    उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिलो गरी उडान गरेको थियो । कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भरेको हो । प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गरेको हो ।

    भैरहवाबाट उडान गरेको हिमालयले यहाँबाट पनि वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय दरभाउमै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरण समक्ष आग्रह गरेको छ । हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अव एयरलाइन्सले भैरहवा–मलेसिया दैनिक र नियमित चार्टर्ड उडान बताए ।

    हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ। काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित