भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

गौतमबुद्ध विमानस्थलबाट १३८ यात्रु लगेर मलेसिया उड्यो हिमालय एयरलाइन्स

  • भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हिमालय एयरलाइन्सले बिहीबारदेखि चार्टर्ड उडान सुरु गरेको छ । हिमालयको जहाजले बिहीबारै भैरहवाँबाट १३५ जना यात्रु लिएर मलेसिया उडेको छ ।

    उडान समयतालिका १ः५० बजे रहे पनि पहिलो दिन भएकाले केही ढिलो गरी उडान गरेको थियो । कम्पनीले एअरबस ३२० को जहाजमार्फत उडान भरेको हो । प्राधिकरणबाट ग्राउन्ड हेन्डलिङको अनुमति पाएको दुई वर्षपछि मात्रै हिमालयन एअरलाइन्सले यो सेवा सुरु गरेको हो ।

    भैरहवाबाट उडान गरेको हिमालयले यहाँबाट पनि वायुसेवा कम्पनीहरुलाई अन्तर्राष्ट्रिय दरभाउमै हवाइ इन्धन उपलव्ध गराइदिन प्राधिकरण समक्ष आग्रह गरेको छ । हिमालयन एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले अव एयरलाइन्सले भैरहवा–मलेसिया दैनिक र नियमित चार्टर्ड उडान बताए ।

    हिमालयले अब नियमितजसो अन्तर्राष्ट्रिय उडान उक्त विमानस्थलबाट गर्नेछ। काठमाडौंबाट क्वालालम्पुर, त्यहाँबाट भैरहवा, भैरहवाबाट क्वाललम्पुर र क्वाललम्पुरबाट काठमाडौंसम्म उडान भर्नेछ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित