रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

तिलोत्तमाका मतदाताहरु भन्छन– समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन एमालेलाई मतदान

बुटवल । एमाले नेतृत्वसंग तिलोत्तमाका मतदाताले समृद्धि र विकासका अधुरा कामलाई टुंगोमा पुराउन आग्रह गरेका छन ।
तिलोत्तमा चुनाबी कार्यक्रम लिएर घर दैलोमा गएका रुपन्देही क्षेत्र नं. २ (१) का नेकपा एमालेका उम्मेदवार लिला गिरी सहितका नेता कार्यकर्तालाई मतदाताले समृद्ध देश र विकासका अधुरो काम टुंगोमा पुराउन आफुहरुले मत दिने बताए ।
योगिकुटीबाट सुरु भएको घरदैलो अभियानमा उम्मेदवार गिरीले जेष्ठ नागरिक, युवा तथा स्थानियका सुझावहरु समेत लिएका थिए । अधिकांश सुझाव दिनेहरुले एमाले नेतृत्वको सरकारले मात्र जनताका ईच्छा र आकांक्षा पुरा गर्ने बताएका थिए । एमाले सरकारमा रहँदा अघि बढाएका कतिपय योजना अधुरै रहेकाले पनि त्यी योजना टुंगोमा पुराउन एमालेलाई मत दिने योगिकुटीका आर.सी अर्यालले बताए ।
घरदैलो अभियानकै क्रममा विभिन्न टोलमा भएको चुनाबी कार्यक्रममा त्यहाँका बासिन्दाले राजनीतिक स्थायित्व र विकासका कामलाई टुंगोमा पुराउन र प्रदेशको नेतृत्व एमालेले गर्दा शुसासन कायम गर्न सुझाव पनि दिए ।


गठबन्धनले सरकार चलाउँदा आर्थिक मितिव्यीयता समेत नभएको र जम्बो मन्त्रिपरिषद् बनाउँदा राज्यको अनियन्त्रीत दोहन भएको भन्दै ४ मंसिरमा एमालेको नेतृत्व पछि बन्ने सरकार चुस्त बनाउनुपर्ने समेत उनीहरुको सुझाव थियो ।
साथै सो अवसरमा उनीहरुले योगिकुटी सारदा स्कुल सडक, अव्यवस्थित बसोबासीलाई लालपुर्जा, स्रोह छत्तिस नहरको व्यवस्थापन, भित्रि सडकका लागि कालोपत्रे गर्न सुझाव दिएका थिए । मतदाताले दिएको सुझाव पछि नेता गिरीले एमाले नेतृत्वको सरकार बन्न साथ भुमिहिन, अव्यवस्थित र सुकुमबासीहरुको समस्या समधान पहिलो प्राथमिकतामा राख्ने बताए ।
एमाले नेतृत्वको सरकारमा रहँदा भुमि आयोगनै गठन गरी यसको समधानको प्रयास गरेपनि सरकार परिर्वतन भएपछि उक्त काम अधुरो रहेको बताए । साथै उनले तिलोत्तमा क्षेत्रलाई पर्यटकिय नगरीको रुपमा विकास गर्न बनबाटिकाका अलवा अनेत्र पनि बहुउपयोगी पार्क निर्माणको योजना अघि बढाउने बताए ।
बनबाटिका राष्टिय स्तरमा समेत परिचित भइसकेको र बहुउद्देश्यीय टावर समेत सञ्चालनको प्रक्रियामा रहेको भन्दै अब तिलोत्तमा साच्चै समृद्ध बन्ने बताए । उनले तिलोत्तमा भित्र निर्माण हुन लागेको बुटवल मेडिकल कलेज पनि एमाले नेतृत्वको सरकार गठन भएपछि पुरा हुने बताए । तिलोत्तमालाई शिक्षा, स्वास्थ्य, पर्यटकिय हवको रुपमा विकास गर्ने बताउँदै नेता गिरीले समग्र तिलोत्तमाको विकास र प्रदेशको समृद्धिका लागि एमालेलाई मत दिन आग्रह गरे ।
तिलोत्तमामा अहिले पनि अधिकांश जमिन खेतियोग्य रहेको भन्दै नेता गिरीले सिचाईको प्रबन्ध र आवश्यक मल, विउ, विजनको व्यवस्था गरी कृषिलाई आधुनिक र व्यवसायीकरण गर्ने बताए । साथै उनले तिलोत्तमा भित्र स्थापना हुने उद्योग, व्यवसायीलाई पनि एमालेले उचित सम्बोधन गर्ने बताए ।
आफु पर्यटन मन्त्री रहँदा यस क्षेत्रमा विकासका योजना अघि बढाएको स्मरण गराउँदै उनले अधुरा सवै आयोजना सरकार गठन हुन साथ सुरु हुने मतदाता सामु प्रतिबद्धता जनाए ।
एमाले यसक्षेत्रका परिपक्व, सालिन र अनुभवी नेता लिला गिरीलाई प्रदेशको भावी मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार