रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

रुपन्देहीको रोहिणीमा कुस्ती प्रतियोगिता : भारतीय पहलवानहरुको वर्चस्व

भैरहवा । तराई क्षेत्रमा लोकप्रिय रहेको कुस्ती खेलप्रति अहिले चासो बढ्दै गएको छ । जिल्लाको बिभिन्न क्षेत्रमा कुस्ती प्रतियोगिताहरु आयोजना हुन थाले पछि यस क्षेत्रमा पनि रहरलाग्दो पहलवानहरु देखा पर्न थालेका छन् । रुपन्देहीको ग्रामीण क्षेत्रबाट पहलवानहरु उत्पादन गर्ने उद्देश्यका साथ रोहिणी गाउँपालिकाद्वारा आयोजित खुल्ला कुस्ती प्रतियोगितामा भारतीय पहलवानहरुले वर्चस्व जमाएका छन्।

१ लाख १ हजार १ सय ११ रुपैया रहेको प्रथम स्थान भारत दिल्लीका बिनोद पहलवानले जितेका छन् । उनि भारतकै पठानकोटका बब्बी पहलवानलाई पछार्दै प्रथम भएका हुन् । यस्तै भारत गोरखपुरका जितेन्द्र पहलवान दोश्रो भएका छन् ।

दोश्रो हुँदै उनले ५१ हजार १ सय ११ रुपैया हात पारे । जितेन्द्रले भारत हरियाणाका भिम पहलवानलाई पराजित गरेका थिए । प्रतियोगिताको तेश्रो पनि भारतकै हरियाणाका मुन्ना पहलवान भएका छन् । २५ हजार १ सय ११ रुपैया राशीको तेश्रो पुरस्कारका लागि उनले हरियाणाकै गोपी पहलवानलाई हराएका थिए । प्रतियोगितामा भारत पनियराका गुड्डु पहलवानले सान्त्वना स्थान हासिल गरे । यससंगै उनले १५ हजार १ सय ११ रुपैया जिते ।

प्रतियोगितामा नेपालका विभिन्न स्थानका पहलवानहरुको सहभागिता रहेको रोहिणी गाउँपालिकाका राजकुमार मिश्रले जानकारी दिए । मधेश प्रदेश सहित लुम्बिनी प्रदेशकै नामी पहलवानहरु रहे पनि तुलनात्मक रुपमा बलियो रहेका भारतीय पहलवानहरुले प्रतियोगितामा वर्चस्व देखाएका हुन् ।

रोहिणी गाउँपालिकाको आयोजनामा सम्पन्न प्रतियोगिता विशेष गरी दक्षिण र नेपालको तराई–मधेश भेगमा निकै प्रचलित रहेको कुस्ती खेल बदलिदो परिवेशमा ओझेल परेकोले यसको संरक्षण गर्ने उद्धेश्यले आयोजना गरिएको गाउँपालिका अध्यक्ष बिद्या प्रसाद यादवले बताए ।
कुस्ती प्रतियोगितामा स्थानिय पहलवानहरु उत्पादन गर्ने उद्देश्य रहेको उनले बताए ।

“कुस्तीमा शारीरिक बल र स्फूर्तिको प्रयोग मात्र नभइ, बुद्धि र चातुर्यताको साथ चलाखी पूर्ण रुपमा खेलिने हुँदा यसको थप महत्वप्रति हाम्रो थप ध्यानआकृष्ट भएको छ ।” यादवले भने “रोहिणीमा यस खेलको विकास गर्न र युवा खेलाडीहरुलाई थप प्रेरित गर्न कुस्ती प्रतियोगिताको आयोजना गरेका हौ ।”

अध्यक्ष यादवले युवाहरुलाई कुलतबाट जोगाउन तथा शारिरीक रुपमा बलियो बनाउन कुस्ती महत्वपूर्ण रहेको हुदा यसलाई आगामी दिनहरुमा समेत निरन्तर रुपमा आयोजना गर्दै लैजाने बताए । उनले यस बर्ष पालिकाले ५ लाख रुपैया बजेट नै बिनियोजन गरि सोहीबाट प्रतियोगिता सम्पन्न गरेको जानकारी दिए ।

खेलाडीहरुको उत्साह र अपेक्षालाई स्थान दिदैं खेलकुदका अन्य विधाहरुलाई पनि सम्बोधन गर्न गाउँपालिकाले यस वर्ष देखी कुस्ती प्रतियोगिताको आयोजना गरेको रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री प्रसाद गौतमले बताए ।

गाउँपालिकाले युवाहरुलाई खेल क्षेत्रमा अधिकतम सहभागी गराउन विभिन्न कार्यक्रम सञ्चालन गरेको र यस वर्ष तराई–मधेशमा लोकप्रिय कुस्ती खेलको आयोजना गरिएको उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित