रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

गौतमबुद्ध विमानस्थलबाट युरेसिया कार्गो कम्पनी द्वारा नेपाली उत्पादन विदेश निकासी सुरु

  • भैरहवा। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंको युरेसिया एक्सपोर्ट एण्ड कार्गो कम्पनीले पनि नेपाली उत्पादन विदेश निकासी सुरु गरेको छ ।

    यसअघि पहिलोपटक काठमाडौंकै हिमालेक्स ट्रेडर्सले राइजिङ स्टार कार्गो प्रालिमार्फत् नेपाली उत्पादन गौतमबुद्ध विमानस्थल हुँदै विदेश निर्यात सुरु गरेको थियो । गौतमबुद्धबाट विदेश नेपाली उत्पादन निकासी सुरु गर्ने युरेसिया दोस्रो कार्गो कम्पनी हो ।

    युरेसियाले बुधबार विमानस्थलमा आवश्यक सबै प्रक्रिया पूरा गरेर बिहीबार बिहान जजिरा एयरलाइन्समार्फत् दुई टन नेपाली सामान युरोपियन मुलुक पठाउन लागेको हो ।

    युरेसियाका निर्देशक रामकुमार थपलियाले युरोपियन मुलुक डेनमार्क दुई टन नेपाली हेण्डक्राफ्ट, उलन र कटनको सामान निर्यात गर्न लागिएको बताए ।

    ‘सरकारले लगानी गर्यो, निजी क्षेत्रले पनि विमानस्थललाई चलायमान बनाउन केही प्रयास गरौं भनेर कार्गो सुरु गरेका हौं’, थपलियाले भने, ‘आज राजश्व तिर्ने, जाँचपास लगायतका सबै काम सकेका छौं, भोलि (बिहीबार) जजिरा एयरलाइन्समार्फत उक्त सामान विदेश जानेछ ।’

    उनले मुलुकमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बन्नु सबै नेपालीका लागि खुशीको कुरा भएको जनाउँदै यसलाई चलायमान बनाउन निजी क्षेत्रबाट सक्दो प्रयास गर्ने बताए ।

    पछिल्लो समय विमानस्थल संचालनमा कठिनाई भइरहेको भन्दै आलोचना भएको छ । यस्तो अवस्थामा यहाँबाट व्यवसायीले कार्गो पठाउन सुरु गरेपछि विमानस्थल थप चलयमान हुने अपेक्षा गरिएको छ ।

    थपलियाले आफूहरुको चाहना पश्चिम क्षेत्रको उत्पादन गौतमबुद्ध हुँदै विदेश निर्यात होस् भन्ने रहेको बताए । ‘हामीले लामो समय काठमाडौंबाट कार्गो पठाउने गरेका छौं, यसलाई भैरहवामा पनि केन्द्रित गर्न चाहन्छौं’, उनले भने, ‘यस क्षेत्रका व्यवसायीले पनि गौतमबुद्धलाई अधिकतम प्रयोग गर्न जरुरी छ ।

    उनले विमानस्थलमा सुविधाहरु थपिाँदै गएमा कार्गोलाई निरन्तरता दिने जनाए । ‘अब यहाँबाट पनि निरन्तर कार्गो पठाउन पाइयोस् भन्ने नै हाम्रो चाहना हो’, उनले भने, ‘यसका लागि यस क्षेत्रका व्यवसायीहरु र विमानस्थलसँग समन्वय गर्नेछौं । व्यवसायीलाई प्रोत्साहित गर्नेछौं ।’

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित