भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

असन्तुुष्ट हुँदैमा निर्वाचन बिथोल्न पाईदैन – गृहमन्त्री खांण

बुुटवल । गृहमन्त्री बालकृष्ण खाणले बर्तमान ब्यबस्था प्रति केही असन्तुष्टि जाहेर गर्दै मुलधारको राजनीती भन्दा बाहिर रहेका दलहरुलाई पनि राष्ट्रिय राजनितीको मुलधारमा ल्याउन सरकारले पहल गरीरहेको जानकारी दिएका छन् । उनले असन्तुष्ट्रि जाहेर गर्ने अधिकार सवै नागरीक र दलहरुलाई भए पनि निर्वाचन विथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्ट समेत पारे ।
बुटवलमा आयोजित लुम्बिनी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मुलधारको राजनीतीमा आउन समेत आग्रह गरे । ‘हामी मिल्ने सम्म लचक भएर असन्तुुष्ट्र दलहरुसगं सम्वाद र छलफल गरीरहेका छौ । उनले भने – कतिपय मागहरु ऐन संसोधन बिना सम्वोधन गर्न सकीदैन । सरकारले ऐन तर्जुमा गरेर भएपनि जायज माग सम्वोधन गरी असन्तुुष्ट्र समूहलाई मुलधारमा ल्याउने प्रयत्न गरीरहेको छ ।’ गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरुको माध्ययमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’
उनले सरकार भयरहित, शान्तिपूर्ण, स्वतन्त्र र भयरहीत निर्वाचन गराउन प्रतिवद्ध भएको बताउदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रह समेत गरे । ‘सबै नागरिक सुरक्षीत होउन् । ढुक्कसंग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने,‘त्यसकालागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाकी नराख्नु ।’
गृहमन्त्रालय र आन्तरीक मामिला, कानुन तथा संचा मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख ससस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित