सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो ऋणमा गौतमबुद्ध विमानस्थल लुम्बिनी प्रदेशमा १५ अर्ब ३८ करोड रुपैयाँ वित्तीय हस्तान्तरण                
समाचार :

बुटवलले विकासको क्षेत्रमा असाधारण फड्को मार्दैछ – नेता पौडेल

बुटवल । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पूर्वाधार तथा विकासको क्षेत्रमा बुटवलले असाधारण फड्दो मार्ने दाबी गरेका छन् । यहाँ सुरु गरिएका ठूला बिकासका आयोजनाहरु सम्पन्न भएपछि यहाँको बिकास मुलुककैं लागि नमूना देखिने उनको दाबी छ । बुटवल–११ प्रगतिनगरमा बुधबार मतदाताहरुसँग अन्तरक्रिया गर्दै पौडेलले यहाँ सुरु गरिएका ठूला पूर्वाधार निर्माणका कामलाई कसैले पनि राजनीतिक रङ्ग नदिएर सम्पन्न गर्दा यहाँका बासिन्दाको जीवनस्तरमा उल्लेख्य सुधार हुने दाबी गरे ।

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार समेत रहनु भएका पौडेलले तिनाउ–दानव करिडोर निर्माण भएपछि बुटवल नमूना शहरको रुपमा बिकास हुने दाबी गरे । कोरिडोर निर्माणको नाममा यहाँका कुनै पनि बासिन्दालाई बिचल्लित नपारिने उनले स्पष्ट पारे । नदी नियन्त्रण गरी व्यवस्थि शहर निर्माण गर्ने उद्देश्यले कोरिडोर निर्माणको काम अघि बढाइएको बताउँदे उनले कोरिडोर क्षेत्रमा पर्ने घर–परिवारलाई समेत व्यवस्थित र सुरक्षित स्थानमा व्यवस्थापन गरिने बताए ।

कार्यक्रममा एमाले पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्व मन्त्री लिला गिरीले एमाले सरकारमा सुरु गरिएका पूर्वाधार निर्माण र विकासका कामलाई पूर्णता दिनका लागि मंसिर ४ मा जनताले सुर्यमा मतदान गर्न आग्रह गरे । जनताको समस्या बुझ्न र बिकासका लागि नेकपा एमालेको नेतृत्व अनिवार्य रहेको बताउँदे उहाँले आगमी मंसिर ४ मा जनताले एमालेकै पक्षमा फैसला गर्ने दाबी गरे । यसैगरी बुटवलमा निर्माण हुँदे गरेको महत्वकांक्षी योजना तिनाउ–दानव कोरिडोरले यहाँको जीवनस्तरमा उल्लेख्य परिवर्तन ल्याउने बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार