प्रदेशस्तरीय यु-१६ क्रिकेट सुरु, उद्घाटन खेलमा रूपन्देहीको सानदार जित लुम्बिनी प्रादेशिक अस्पतालमा विशेष सर्जरी कार्यक्रम, अप्रेशनका लागि अव पालो कुर्नु नपर्ने मिरा कोष द्वारा लुम्बिनी प्रादेशिक अस्पतालमा खानेपानी र फलफुल वितरण (तस्वीरहरु) लुम्बिनीलाई खतराको सूचीमा नराख्न पहल आज पनि देशका धेरैजसो स्थानमा पानी पर्ने सम्भावना बुटवल हस्पिटल प्रालिमा यस क्षेत्रमै पहिलो पटक एकै पटकमा दुवै घुँडाको प्रत्यारोपण ज्यामिरे गाउंमा बिजुली बत्ति पुगेपछि स्थानीय खुसी प्रसिद्ध भारतिय तिर्थस्थल ‘अक्षरधाम’को जस्तै म्युजिकल वाटर फाउण्टेन कुञ्जपार्कमा बन्दै अक्सफोर्ड माविमा नुमना निर्वाचन कार्यक्रम सम्पन्न यी प्रदेशमा आज चट्याङसहित वर्षाको सम्भावना                
समाचार :

सैनामैनामा विभिन्न पार्टी परित्याग गरेर ५१ जना एमालेमा प्रवेश

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा नं. ५ बुद्धनगरमा विभिन्न पार्टी परित्याग गरेर ५१ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । मुलुकको विकास र समृद्धि, राष्ट्रियताको रक्षाको लागि मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा नेकपा एमालेलाई जिताउनु पर्ने निष्कर्षका साथ एमालेलाई रोजेको पार्टी प्रवेश गर्नेहरुले बताएका छन् ।
कार्यक्रममा एमालेका नेताहरुले क्षेत्र नं. ५ का बासिन्दाले योग्य र विकासप्रेमी जनप्रतिनिधि चाहेकोले पार्टीले सोहीअनुसार उम्मेदवार उठाएको बताउँदै चुनावी अभियानमा जुट्न कार्यकर्ताहरुलाई निर्देशन दिए । सो अवसरमा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बासुदेव घिमिरेले मुलुकको विकास र समृद्धिको लागि नेकपा एमालेको विकल्प नभएको बताउँदै क्षेत्र नं. ५ लाई विकासमा नमूना बनाउने आफ्नो स्पष्ट भिजन रहेको बताए । यस्तै प्रदेशसभा सदस्य पदका उम्मेदवार भूमिश्वर ढकालले सत्तामा भएर पनि एमालेसँग एकल चुनाव लड्ने आँट नभएकोले नेपाली काँग्रेसले धेरै पार्टी मिलाएर गठबन्धन गरेको चर्चा गर्दै एमालेको जित सुनिश्चित गर्न मतदाता जाग्नु पर्ने समय आएको बताए ।
कार्यक्रममा पार्टीका जिल्ला उपसचिव चित्रबहादुर कार्कीले सैनामैना नगरपालिकामा एमालेको नेतृत्व रहँदा सुरु भएका सैनामैना चक्रपथलगायतका विकासका कामलाई अघि बढाउन समेत एमाले उम्मेदवारलाई जिताउनुको विकल्प नरहेको स्पष्ट पारे । पार्टी प्रवेश गरेका राजु थारुले आफ्नो क्षेत्रमा एमाले पार्टीले विकासको लागि महत्वपूर्ण काम गरेकोले आफूहरु राजी खुसी पार्टी प्रवेश गरेको बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित