आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन लुम्बिनीका मुख्यमन्त्री आचार्यको बुटवलमा शपथ, दाङमा पदभार पर्यटकिय हव बन्दै बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारी बुटवल–पाल्पा सडक आजदेखि रातिमा बन्द, एम्बुलेन्स चलाउन पनि अनुमति लिनुपर्ने                
समाचार :

संविधान च्यात्ने प्रपञ्चबिरुद्ध सचेत हौंः गृहमन्त्री खाँण

भैरहवा । गृहमन्त्री बालकृष्ण खाँणले केही राजनीतिक दलहरु जनताको लामो संघर्ष र बलिदान पश्चात् संविधानसभाबाट बनाएको संविधान च्यात्ने प्रपञ्चमा लागिरहेको दावी गर्दै त्यस्ता षड्यन्त्रबिरुद्ध सचेत हुनुु पर्ने बताएका छन् । सत्ता गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधि सभा उम्मेदवार समेत रहेका मन्त्री खाँणले मंगलबार भैरहवामा आयोजित कार्यक्रममा बोल्दै सार्वभौमसत्ता जनतामा नीहित हुने व्यवस्था उल्ट्याउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई चिर्न आवश्यक रहेको बताए ।

मुलुकबाट निर्मूल भइसकेको राजतन्त्रलाई बोकेर हिँडेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई समेटेर नेकपा एमाले र जनता समाजवादी पार्टीले सत्तारुढ दलहरूकाबिरुद्ध गठबन्धन बनाएको र त्यो तीन दलीय गठबन्धन संविधान च्यात्न र मुलुकलाई पश्चगमनतर्फ धकेल्न लागिरहेको उनको तर्क छ । जनप्रतिनिधिले बनाएको संविधान संसदमा दुई तिहाई मतले संशोधन गर्न सकिने भए पनि जनआन्दोलनको मर्म र भावनाविपरीत संविधान नै च्यात्न उद्धत हुनु प्रतिगमनलाई मलजल गर्नु र मुलुकलाई पुरानै अवस्थामा फर्काउनु भएको खाँण्ले बताए ।

‘यसबाट हामी सबै सचेत हुन र निर्वाचनमार्फत त्यस्तो रणनीनिमा लाग्ने शक्तिहरूलाई परास्त गर्न आम नागरिकलाई मैले आग्रह गर्छु’, उनले भने । नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय समस्यसमेत रहेका गृहमन्त्री खाँणले जुन दलले सरकार बनाउन सक्दैन, भोलि कुनै योजना क्षेत्रमा पार्नै सक्दैन त्यस्ता दललाई मत हालेर कुनै अर्थ नरहेन बताए । ‘निर्वाचनमा होमिएका केही दलहरुको संसदमा उपस्थिति नै नगन्य मात्रामा हुन्छ, ती दलबाट कसरी विकास र समृद्धिको जनताले आशा गर्ने ? कसरी विश्वास गर्ने ?’, उनले भने, ‘पाँच दलीय गठबन्धनको त अहिले पनि सरकार छ, भोलि निर्वाचन पछि पनि हुन्छ, यही गठबन्धनले विकास गर्छ, जनचाहनाअनुसार काम गर्छ ।’

लामो संघर्ष पश्चात् ल्याएको व्यवस्थामा नागरिकको अवस्था परिवर्तन गर्न कांग्रेस, माओवादी, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनमोर्चाबीच गठबन्धन गरेर निर्वाचनमा होमिएको बताउँदै गृहमन्त्री खाँणले निर्वाचनपछि बन्ने गठबन्धन सरकारले नागरिकको अवस्था परिवर्तन गर्ने रणनीतिक योजना ल्याउने बताए । मुलुकमा शान्ति, स्थिरता, सुशासन र विकास एउटै दलले बहुमत ल्याएर गर्न अफ्ठ््यारो पर्ने भएकाले गठबन्धन गरेर निर्वाचनमा होमिएको उनको भनाइ थियो । गठबन्धन सरकार निर्माणका लागि मात्रै नभएर मुलुकमा शान्ति स्थापना गरि अग्रगमनको बाटोमा लैजान गरिएको उनको भनाइ थियो ।

प्रदेश सभा (क) का उम्मेदवार लोसपा नेता एवं पूर्वमन्त्री सन्तोषकुमार पाण्डेयले जनताको काम गर्ने र जनताका गुनासा सुन्ने उम्मेदवारलाई मत दिन आग्रह गरे । उनले गठबन्धनको जित शुनिश्चित भइसकेको भन्दै नेता खाँणलाई भावी प्रधानमन्त्री बनाउने गरी रुपन्देहीबासीले फराकिलो मतान्तरले जिताएर पठाउनुु पर्ने बताए । ‘हाम्रो जित सुनिश्चित भइसकेको छ, अब कति मतान्तरले जित्ने भन्ने मात्रै हो, यसका लागि सबै मतदाताले गठबन्धनको पक्षमा प्रचारप्रसार गर्नुस्, मत दिनुस्’, उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार