कांग्रेस महामन्त्री शर्माको चेतावनी : देश बनेको छैन भन्नेहरू होसियार! सिटी क्याम्पसले चुम्यो भलिवलको उपाधि गुटले कांग्रेस चल्न सकेन, नेतृत्वमा डाक्टरको खाँचो छ : चन्द्र भण्डारी बुटवलबाट देउवाले भने–‘कम बोल्ने काम बढी गर्नेछु, हैरौं के हुन्छ’ सिद्धार्थ प्रतिभा हाइस्कुलको बसले ठक्कर दिदाँ रुपन्देहीमा २ जनाको मृत्यु अक्सफोर्ड मा.वि बुटवलले उत्कृष्ट विद्यार्थीलाई नगद सहित सम्मान गर्दै प्रकाशन गर्याे परीक्षाफल संकल्प यात्रामा पार्टी पंक्ति परिचालन गर्ने एमाले रूपन्देहीको निर्णय मृतकका परिबारलाई ७ लाख दिने सहमती भएसंगै चार दिन पछि उठ्यो भावनाको शव कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवल धागो कारखाना रेखदेखको जिम्मा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई                
समाचार :

रुपन्देहीमा तीनजनाको मृत्यु हुने गरी कारले ठक्कर दिएर फरार रहेका चालक पक्राउ

छठ पुजाका लागि जाँदै गरेका पाँच जनालाई ठक्कर दिएर फरार रहेका कार चालकलाई रुपन्देही प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । सोमबार बिहान करिब ५ बजे जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर ४ मा कारको ठक्करबाट ३ जनाको मृत्यु भएको थियो भने दुईजना घाइते भएका थिए ।

आफूले चलाएको कारले ठक्कर दिएपछि फरार रहेका रुपन्देहीकै रोहिणी गाउँपालिका–३ धकधईका २३ वर्षीया अजयकुमार चौधरी र घटनामा प्रयोग भएको कारलाई प्रहरीले मंगलबार बिहान भैरहवाबाट पक्राउ गरेको हो । चौधरीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

रुपन्देही प्रहरी प्रमुख एसपी रवीन्द्र रेग्मीका अनुसार तीव्र गतिका कारण उक्त कारले स्थानीयलाई ठक्कर दिएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ‘हाम्रो अनुसन्धानले अहिलेसम्म यही कुरा देखाएको छ, चालकले मदिरा सेवन गरेको पाइएन’, उनले भने, ‘बाँकी कुरा थप अनुसन्धान पछि खुल्ला ।’

चौधरीले चलाएको बा ८ च ६५३२ नम्बरको कारले ठक्कर दिँदा दुई महिनाका बालक श्रीराम कुर्मीसहित २८ वर्षीया प्रमिला कुर्मी र १४ वर्षीय सीमा कुर्मी गरी एकै परिवारका ३ जनाको मृत्यु भएको थियो । घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् । उनीहरुको भैरहवास्थित मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा कारको अगाडिको बम्परको भागको टुक्रा, वाइपरको भाँचिएको टुक्रा र लुकिङ ग्लासको टुक्रा लगायत स्थानीयको सहयोग र सुक्ष्म अनुसन्धानबाट घटनामा संलग्नलाई चाँडै नै पक्राउ गर्न सफल भएको बताएको छ । उनीविरुद्ध अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइने प्रहरी भनाई छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार