रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि पौवाका शाखा विस्तार तिव्रः मूलकोट र हलेसीमा पनि रिसोर्ट संचालन                
समाचार :

गौतमबुद्धबाट उडान थाल्न हिमालयको सर्त कमर्सियल ग्राउण्ड ह्याण्डलिङ अनुमति

  • ग्राउण्ड ह्याण्डलिङ गर्न दिए विमानस्थलबाट सेवा सुरु गर्छौ
  • काठमाडौं। निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न कमर्सियल ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनुपर्ने सर्त राखेको छ।

    कमर्सियल ग्राउण्ड ह्याण्डलिङसमेत गर्ने गरी अनुमति दिए मात्रै भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु गर्न सकिने हिमालयका उपाध्यक्ष विजय श्रेष्ठले बताए। ‘सरकारले सुविधा दिएको अवस्थामा हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान थाल्न तयार छौं,’ उनले भने।

    कम्पनीले दिगो व्यवसायिक योजनाअनुसार भैरहवाबाट गर्न सकिने उडानका सम्भावना अध्ययन गरिरहेको उनले बताएका छन्। ‘सरकारले आधारभूत सुविधा दिएदेखि हामी यो विमानस्थलबाट नियमित उडान गर्ने तयारीमा छौं,’ उनले भने, ‘हाम्रो क्षमता अनुसार सरकारले व्यवसायिकरूपमा ग्राउण्ड ह्याण्डलिङ पनि गर्न दिए हामी यो विमानस्थलबाट सेवा सुरु गर्छौ।’

    लामो समय र वैदेशिक ऋण लगानीमा बनेको भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले पूर्वघोषित योजनाअनुसार बिजनेस ल्याउन सकेको छैन। हाल यो विमानस्थलबाट कुवेतको जजिरा एयरवेजले मात्र साताको तीन वटा उडान गर्दै आएको छ। अबुधाबी बेस रहेको विज एयरले आगामी आइतबार (अक्टोबर ३०) देखि नियमित उडान सुरु गर्ने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।

    काठमाडौंको चाप घटाउने भनिएको विमानस्थल तयार भए पनि वायुसेवा कम्पनीहरु भैरहवाबाट उडानमा आकर्षित छैनन्। नागरिक उड्डयन प्राधिकरणले नै यसका लागि काम गर्न नसकेको देखिएको छ। भैरहवाबाट उडानका लागि वायुसेवा कम्पनीहरुले बढीको सुविधा लिन ‘बार्गेनिङ’ गरिरहेका छन्। त्यही क्रममा हिमालयले पनि ग्राउन्ड ह्यान्डलिङ सुविधा माग गरेको हो।

    हिमालयले आफ्नो सेवा सुरु गरेसँगै विमानस्थलमा वायुसेवा प्रदायक कम्पनी थपिनका साथै केही गन्तव्यमा लागू हुँदै आएको भाडादर सस्तिने प्राधिकरणले जनाएको छ। जीबीआइएबाट हुने उडान गन्तव्यबारे भने हिमालयले टुंगो गरिसकेको छैन।

    सेल्फ ग्राउण्ड ह्याण्डलिङमा किचलो

    ग्राउन्ड ह्यान्डलिङ सेवामा वायुसेवा कम्पनीहरु चनाखो छन्। यसमा नेपाल वायुसेवा निगमको एकाधिकार जस्तै छ। जसलाई प्राधिकरणले न सुधार्न सकेको छ, न त हस्तक्षेप गर्न।

    हिमालयले दुई वर्षअघि नै सेल्फ ग्राउण्ड ह्याण्डलिङ अनुमति पाए पनि काम गर्न नपाएको उपाध्यक्ष श्रेष्ठले बताएका छन्। ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ सेवा दिन सरकारले समर्थन गरे पनि हामीले प्रक्रिया सुरु गर्नै पाएनौं,’ उनले भने, ‘हामीले सबै कानुनी प्रक्रिया पुरा गरिसकेका छौं। अन्तर्राष्ट्रिय चलन अनुसार होम बेस एयरलाइन्सले सेल्फ ग्राउण्ड ह्याण्डलिङ गर्न सक्ने व्यवस्था छ। तर हामीले कानुनी मापदण्ड पुरा गर्दा पनि यो सेवा दिन नसकेको अवस्था छ।’

    हाल ग्राउण्ड ह्याण्डलिङ सेवा लिएवापत कम्पनीले नेपाल वायुसेवा निगमालाई हरेक महिना करोडौं रुपैयाँ तिर्दै आएको उनले जानकारी दिए।प्राधिकरणका पदाधिकारी निजी क्षेत्रका कम्पनीलाई पनि ग्राउन्ड ह्यान्डलिङ सेवा दिन पाउने प्रक्रियामा अगाडि बढाउने योजना बताउन चुक्दैनन्। तर राजनीतिक नियुक्ति पाउने पदाधिकारी फेरिन्छन्, ग्राउन्ड ह्यान्डलिङ सेवामा एकाधिकार हट्दैन।

    नेवानिका लागि ग्राउन्ड ह्यान्डलिङ आम्दानीको दरिलो स्रोत हो। निगम व्यवस्थापनमा फितलो बनेको प्रभाव सेवा प्रवाहमा पर्ने देखिएकाले जोखिम नियन्त्रणका लागि कारवाही अगाडि बढाउन लागेको प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले एक कार्यक्रममा बताएका थिए।

    ‘कुनै पनि वायुसेवा कम्पनीले साताको ३५ वटा उडान गरेबापत ग्राउन्ड ह्यान्डलिङ सेवा दिन सक्ने कानुनमा छ,’ उनले भनेका थिए, ‘नेपाल वायुसेवा निगमले दिदै आएको यो सेवामा प्रश्न उठ्दै आएको छ। निगमका कर्मचारी आन्दोलन हड्तालमा आए सबै अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुन्छ। यो जोखिमलाई मध्यनजर गर्दै विकल्प खोज्न आवश्यक छ। कानुनले समान कार्यन्वयन र विकल्पका लागि क्यान सचेत छ।’

    दुई वर्ष अगाडि मुलुकमै दर्ता भएको वायुसेवा रहेकाले सरकारले हिमालयलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको अनुमति दिएको थियो। निगमको आम्दानीको स्रोतमा प्राधिकरणले अनावश्यक हस्तक्षेप गरेको भन्दै विरोध भयो। त्यसले प्रक्रिया अघि बढेन।

    यती समूह र चीनको तिब्बत सिभिल एभिएसन डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्टको लगानी रहेको हिमालय अहिले फेरि ग्राउण्ड ह्याण्डलिङ आफैं गर्न पाउनुपर्ने सुविधा माग्दैछ। नेवानिका अधिकारीहरु भने संशकित छन्।

    १६ वर्षअघि नै थियो कमर्सियल ग्राउण्ड ह्याण्डलिङ निजी कम्पनीलाई दिने योजना

    नेपालमा सरकारको एकाधिकार रहेका उद्योग, कम्पनी तथा सेवाको गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ। सरकारले बेला बेलामा निजी क्षेत्रको जिम्मा दिएका उद्योग, कम्पनी र सेवा विवादरहित हुन सकेका छैनन्। न त जिम्मा दिइनु हुँदैन भनेर उठ्ने आवाजले गुणस्तर सुधार्न कोसिस गरेको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेवानिको ग्राउण्ड ह्याण्डलिङ सेवा फितलो भएपछि सन् २००६ मै नागरिक उड्डयन प्राधिकरणले कुनै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई दिने तयारी गरेको उड्डयन विज्ञ त्रित्न मानन्धरले बताए। तर उक्त निर्णयमा अडान लिएर कार्यान्वयनमा लैजान कुनै पदाधिकारी दह्रो हुन सकेनन्।

    उनका अनुसार त्यो बेला रातको समय ग्राउण्ड ह्याडलिङका कर्मचारीले मदिरा सेवन गरेको रिपोर्ट आएको थियो। निगमले लापरवाही गर्दा मुलुकको विमानस्थलको छबिमा प्रश्न उठ्ने जोखिम देखेर प्राधिकरणले ग्राउन्ड ह्याण्डलिङ कुनै व्यवसायिक कम्पनीको जिम्मा दिने योजनामा छलफल गरेको थियो।

    ‘यसैलाई मध्यनजर गर्दै त्यतिखेर साँझ ६ बजेपछि कुनै अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई यो जिम्मेवारी दिनका लागि खुला दर्खास्त आह्वान गर्न प्रस्ताव गरिएको थियो। तर बोर्डबाट यो पास हुन सकेको थिएन,’ विज्ञ मानन्धरले भने।

    कुनै पनि कम्पनीलाई सेल्फ ग्राउण्ड ह्याण्डलिङको जिम्मा दिनु स्वाभाविक हुने उनको मत छ। ऐन नियमावली अनुसार कुनै पनि वायुसेवा कम्पनीले यो जिम्मा लिन सक्छन्। ‘भएभरका सबै कम्पनीलाई दिनुपर्छ भनेर पनि हुँदैन। सबैलाई दिइयो भने विमानस्थलको क्षमताले धान्न मुस्किल हुन्छ,’ उनले भने, ‘स्वदेशी वायुसेवालाई यो जिम्माबाट बन्चित गराउन हुँदैन। यसो भयो भने कुनै पनि समस्या आएको अवस्थामा विकल्प हुन सक्छ।’

    तर ग्राउन्ड ह्यान्डलिङ सेवामा हस्तक्षेप गर्न प्राधिकरण मात्रै होइन सरकार नै डराउने गरेको छ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार