तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन                
समाचार :

मनकामना जाँदै गरेको बस नवलपुरमा दुर्घटना,  पाँच जनाको मृत्यु

पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको बस दुर्घटनामा परेको छ।

पाल्पाको रम्भा गाउँपालिका वडा नम्बर १ हुँगीबाट मनकामना मन्दिर दर्शनको लागि जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका वडा नम्बर २ मथारमा आज बिहान करिब ४ बजे दुर्घटनामा परेको हो।

बस दुर्घटनामा परेर पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। ३० जना घाइते भएका छन्।

उनीहरूलाई उद्धार गरी उपचारका लागि अस्पताल लगिएको छ।

प्रहरी चाैकी बुलिङटारका अनुसार दुर्घटनास्थलबाट ५ जनाकाे शव निकालिएको छ।

रम्भा १ च्याङलिङ, नाैगाउँ, गैरी र साठी क्षेत्रबाट २ वटा बसमा दर्शनार्थीहरू मनकामना दर्शनका लागि जाँदै गरेका थिए। त्यसमध्ये एक बस दुर्घटनामा परेको हो।

बस सडकबाट करिब सय मिटर तल कालिगण्डकी किनारमा खसेको प्रहरीले जनाएको छ।

बसमा रम्भा १ हुँगीअन्तर्गत बिसाैना, च्याङलिङ र गैरी क्षेत्रका दर्शनार्थी रहेका थिए।

घटनास्थलमा रहेका रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले पाँच जना यात्रुको मृत्यु भएको र ३० जना घाइतेलाई उपचार गर्न अस्पताल लगिएको जानकारी दिए।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित