भूगोल र मतदाता बुझेका मधु, रास्वपाबाट उपनिर्वाचनका अव्वल आकांक्षी अर्घाखाँचीको शीतगंगामा बाघको आक्रमणबाट एकै फर्मका १५ बाख्रा मरे साईबाबा सप्लायर्सद्वारा सय बढी डिलर्स सदस्यहरुलाई सम्मान सिद्धबाबा सुरुङकाे काम धमाधम, अन्य के–के निर्माण हुँदैछन ? संयुक्त नागरिक पार्टी प्रथम जिल्ला भेला सम्पन्न, अध्यक्षमा डा. बिजय प्रसाद गौतम भैरहवामा दुलर्भ र अति विषालु सर्प भेटियो रास्वपाले उम्मेदवार बनाएमा पछुताउनुपर्ने अवस्था आउन दिन्नँः पुनम अग्रवाल रूपन्देही अदालतमा रविको निवेदन- म राज्यको षड्यन्त्रसँग आँखा जुधाएर लड्छु, लुक्न चाहन्नँ ओझेलमा बुद्धको मावली, मर्चवार नै ऐतिहासिक ‘देवदह’ मौसम महाशाखा भन्छ: मनसुन सक्रिय छ, २४ घण्टा व्यापक वर्षा हुन्छ                
समाचार :

तिम्रो माया… गीत सार्वजनिक (भिडियो सहित)

रूपन्देहीका युवाले आधुनिक संगीतसहितको तेस्रो म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । “अहिलेका युवा सचेत छन्, प्रेमका मामलामा परिपक्व पनि छन्, युवावस्थाको प्रेम आकर्षण मात्र होइन” भन्ने सन्देश बोकेको गीतलाई हालै मात्र छायाँकन गरी भिडियो रिलिज गरिएको हो ।
युवा सहित सबैखाले वर्गले सुन्न र सँगै बसेर मनोरञ्जन लिन सकिने भिडियो सहितको यो गीत निर्माणकर्ताको युट्यूब च्यानल Madhu Manjil मार्फत् रिलिज (सार्वजनिक) गरिएको हो ।
मञ्जिल सुवेदीको शब्द, संगीत र गायनमा  रहेको गीतमा कमल रानाको संगीत संयोजन रहेको छ ।
यो भिडियोमा मोडलहरू मधुसुदन भट्टराई, युनिषा घिमिरे र मञ्जिल सुवेदीको मुख्य अभिनय रहेको छ  भने बालकलाकारहरू स्पन्दन बोहरा, दियान्सा सापकोटा र प्रिनेश बिरकट्टाले अभिनय गरेका छन् ।  भारतमा २ वर्षसम्म चलचित्र निर्माणसम्बन्धी अनुभव लिएका निर्देशक मृत्युञ्जय गैह्रे (लक्ष्मण) ले गीतको जीवन्तता र भावलाई समेट्नका लागि रूपन्देहीका विभिन्न स्थानमा छायाँकन गरी भिडियो तयार गरिएको जानकारी दिए ।
यो भिडियोको प्रस्तुति बेग्लै खालको आनन्द दिने प्रकारको, शालीन अभिनयसहितको जीवन्त बनेको निर्देशक गैह्रेले दावी गरेका छन् ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित