मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

निर्माणाधिन बिमानस्थलको धावनमार्गमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखांचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना परि अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ। भने अन्य २ जना घाइते भएका छन्।

गएराती करिव ११ बजे आसपास भएको उक्त दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ बर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ।

साथीहरु मिलेर सांझपख घुम्न निस्कीएका ४ जना सवार २ वटा मोटरसाईकल सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधिन बिमानस्थलको धावनमार्गमा दुर्घटनामा परेका थिए।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार मृतकहरु दुबै जना २–०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरु सवार मोटरसाईकल धावनमार्गबाट १ मिटर भन्दा बढी तल खसेको छ।

संगसंगै दुर्घटनामा परि बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क– २ का ५७ वर्षीय हेमराज भुसाल र २० बर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागी बुटवल ल्याईएको छ।

मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा सन्धिखर्कमा राखिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिब्रगतिमा गुडेका मोटरसाईकलका चालकले धावनमार्गको अगाडीको अवस्था बारे थाहा नपाउदा दुर्घटना भएको हुन सक्ने देखिएको बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित