बुटवलको तामनगरमा सवारी दुर्घटना हुँदा मालिका गाउँपालिकाका २ जनाको मृत्यु इजलासमा बालकृष्ण खाणसँग गरिएका २४ सवाल-जवाफ सुनौलो सहकारीले गर्न थाल्यो बचतकर्ताको बचत भुक्तानी आइएलएस संचालनपछि भैरहवा विमानस्थलमा डाइभर्ट जहाज अवतरण गर्न मिल्ने शिव शिखर सहकारीका सञ्चालक शर्माकी श्रीमतीले चढ्थिन् साढे २ करोडको कार बुटवलमा अनेरास्ववियु द्वारा राष्ट्रपति र प्रधानमन्त्रीको बुख्याचामा जुत्ता प्रहार लुम्बिनी केवलकारको गम्भिर लापरबाहीः यात्रु बीचमै रोकिए मोदीले भैरहवालाई हवाई रूटको विषयमा एक शब्द पनि उच्चारण गरेनन् सम्झौता भएको १८ वर्षपछि बेलहियामा आइसिपी निर्माणको शिलान्यास गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा इन्स्ट्रुमेन्टल ल्याण्डिङ सिस्टम सञ्चालन गर्ने बाटो खुल्यो                
समाचार :

निर्माणाधिन बिमानस्थलको धावनमार्गमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु

अर्घाखांचीको सन्धिखर्कमा मोटरसाइकल दुर्घटना परि अर्घाखाँचीमा दुई जनाको मृत्यु भएको छ। भने अन्य २ जना घाइते भएका छन्।

गएराती करिव ११ बजे आसपास भएको उक्त दुर्घटनामा परि सन्धिखर्क नगरपालिका वडा नं. १ का २६ वर्षीय रोशन सुनाम र २२ बर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखांचीले जनाएको छ।

साथीहरु मिलेर सांझपख घुम्न निस्कीएका ४ जना सवार २ वटा मोटरसाईकल सन्धिखर्क नगरपालिका वडा नं. १० शिखरबार्नीमा निर्माणाधिन बिमानस्थलको धावनमार्गमा दुर्घटनामा परेका थिए।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालका अनुसार मृतकहरु दुबै जना २–०३८ प ५०३२ नम्बरको मोटरसाइकलमा सवार थिए। उनीहरु सवार मोटरसाईकल धावनमार्गबाट १ मिटर भन्दा बढी तल खसेको छ।

संगसंगै दुर्घटनामा परि बा २५ प ८८७६ नम्बरको मोटरसाइकलमा सवार सन्धिखर्क– २ का ५७ वर्षीय हेमराज भुसाल र २० बर्षीय विष्णु पराजुली घाइते भएका छन्। घाइते दुबै जनालाई थप उपचारका लागी बुटवल ल्याईएको छ।

मृतक दुबै जनाको शब पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा सन्धिखर्कमा राखिएको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट तिब्रगतिमा गुडेका मोटरसाईकलका चालकले धावनमार्गको अगाडीको अवस्था बारे थाहा नपाउदा दुर्घटना भएको हुन सक्ने देखिएको बताएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार