सिद्धबाबाको ‘मृत्युमार्ग’ माथि सुरुङको नयाँ आशा: अब असोजभित्रै गुँड्नेछन् गाडी सुस्ताको समस्या अध्ययन गर्न सुरक्षा निकायको टोली सीमा क्षेत्रमा, गृह मन्त्रालयलाई प्रतिवेदन बुझाइने श्रमिकमैत्री सवारी ऐन बनाउन माग गर्दै १२ जिल्लाबाट सरकारलाई ध्यानाकर्षण रोटरी क्लब अफ लुम्बिनी स्टार्समा नेतृत्व हस्तान्तरण, नयाँ कार्ययोजना सार्वजनिक नेपाल प्रथम नतिजासँगै दीप बोर्डिङमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत अक्सफोर्ड माध्यमिक विद्यालयमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीलाई स्वागत, उत्कृष्ट विद्यार्थीलाई नगदसहित सम्मान मुख स्वास्थ्य सेवाको विस्तारमा सरकार–निजी सहकार्य आवश्यक : स्वास्थ्यमन्त्री घिमिरे रोटरी क्लब अफ बुटवल डाउनटाउनको पदस्थापना  रोटरी क्लब अफ तिनाउ बुटवलको नेतृत्व हस्तान्तरण, सामाजिक सेवालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता बुटवलमा सार्वजनिक भयो नयाँ टीभिएस अपाचे आरटीआर १६० फोर भी, मूल्य ४ लाख २९ हजार ९ सय रुपैयाँ
समाचार :

रोल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

रोल्सुपाको निलस्मृति गाउँपालिका वडा नंं. ४ सुलिचौर, सेवा केन्द्र जनिकै जिप दुर्घटना भएको छ । दुर्घटनामा परि ३ जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सुनिलस्मृति गाउँपालिकाका सुलिचौरबाट गजुलका लागि छुटेको जिप दुर्घटना भएको हो ।

रोकेर सामान राख्ने क्रममा गाडी ब्याक हुदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय सुलिचौरले प्रारम्भिक जानकारी दिएको छ । गाडिमा १५ जान सवार रहेको सुलिचौर प्रहरीले जनाएको छ ।।

लु १ ज ३२४३ नम्वरको जिप पल्टिडा १२ जना घाइते भएका छन । ७ जनाको अवस्था गम्भिर रहेको छ । उनिहरुलाई प्राथमिक उपचार पछि थप उपचारका लागि मेडिकल कलेज कोहलपुर रेफर गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका इन्चार्ज ओमप्रकाश वाग्लेले जानकारी दिनु भएको छ । गाडि सडकबाट करिव सय मिटर तल खसेको छ ।

मृत्यु हुने मा घोराही उपपहानगरपालिका वस्ने वर्ष ५८ का विष्णुप्रसाद रिजाल, साही ठाउँ निवासी वर्ष ६०का नारायण प्रसाद रिजाल र दाङ कै वर्ष ५० कि फाम्सि के.सी. रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।

घाइते हुनेहरुमा रोल्पा सुनिलस्मृति गा.पा.–२ खुङ्ग्री वस्ने वर्ष ५४ कि चन्द्रचमन सिंह टाउको, शरिरको बिभिन्न भागमा चोट, सोही ठाउँकी वर्ष ३८ कि दिपा ठकुरी हात,खुट्टा र टाउकोमा चोट, वर्ष १४ कि नितु सिंह,हात,खुट्टामा चोट, वर्ष ३१ कि निलम सिंह,शरिरको बिभिन्न भागमा चोट, वर्ष १० कि आस्था थापा, टाउको, शरिरको बिभिन्न भागमा चोट, वर्ष ७ कि स्वस्तिका थापा,टाउको,शरिरको बिभिन्न भागमा चोट लागेको छ ।

मध्यम घाइतेहरुमा सुनिलस्मृति गाउँपालिका ३ मिझिङ वस्ने वर्ष २४ कि मेनुका विष्ट,हात,टाउकोमा चोट, वर्ष ४२ कि कुशुमा विष्ट,हात,खुट्टा,सरिरको विभिन्न भागमा चोट, जिल्ला दाङ तुलसिपुर उपमहानगरपालिका १५ डुडुवा वस्ने वर्ष ४०कि ईश्वरी थापा,हात,टाउकोमा चोट,सोही ठाउँ वस्ने वर्ष ४५ कि भगवति रिजाल, हात,खुट्टा,टाउकोमा चोट, घो.उ.म.न.पा.–६ वस्ने वर्ष ५० कि निर्मला शर्मा,शरिरको बिभिन्न भागमा चोट लागेको छ । जिल्ला रोल्पा सुनिलस्मृति गा.पा.–३ मिझिङ वस्ने वर्ष ४८ को जित वहादुर विष्ट (चालक) सामान्य घाइते रहेका छन ।

गम्भिर घाइतेहरु चन्द्रचमन सिंह, निर्मला शर्मा, निलम सिंह, नितु सिंह, आस्था थापा, स्वस्तिका थापा र भगवति रिजाल लाई सामान्य उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज कोहलपुर रेफर गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित