लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

बुटवल ट्राफिकचोकमा फूलका माला अभाव, गाडी बाटै खोसाखोस (फोटो फिचर)

बुटवल । भोली भाईटिकाको लागि अति आवश्यक मानिने मालाको बजारमा अभाव भएको छ । पुष्प व्यवसायीहरुले लुम्बिनी प्रदेश फूलमा आत्मनिर्भर भएको बताएपनि भाईटिकाको अघिल्लो दिन बजारमा फूलको माला अभाव छ ।

यताकता फाट्टफुट्टे माला पाइहाले पनि मनलाग्दी मुल्यमा व्यापारीले माला विक्रि गरिरहेका छन् । ट्राफिकचोकमा माला खरिद गर्न योगिकुटी आएकी मनिषा अर्यालले खुद्रा व्यापारीले प्रति मालामो १ सय प्रतिशत बढि नाफा खाएर विक्रि गर्ने गरेको गुनासो गरिन । माला अभाव हुँदा माला ढुवानी भइरहेको गाडिमा माला खरिद गर्न ठेलमठेल भिड समेत लागेको थियो ।


प्रति गोटा माला अहिले बजारमा २ सय देखि ३ सय सम्ममा विक्रि भइरहेको छ । व्यापारी पिच्छे मालाका मुल्य फरक–फरक भएपनि बजारमा अनियन्त्रिक भइरहेको मुल्यबृद्धि नियन्त्रण रोक्न र अनुगमन गर्न सरोकार वाला निकायलाई चासो छैन् । हरेक बर्ष चाडपर्वमा व्यापारीहरुले मुल्यबृद्धि गरिरहदा नियमन निकाय रमिते मात्र बनेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित