दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

बुटवल–नारायणगढ सडक निर्माणको ठेक्का तोडिने

  • स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने
  • नवलपरासी । सडक विभागले पूर्व–पश्चिम राजमार्गअन्तर्गतको बुटवल– नारायणगढ सडक खण्ड विस्तार कार्यको ठेक्का तोड्न सकिने स्पष्ट गरेको छ । ठेक्का सम्झौताको समयावधि सकिए पनि एक चौथाइ पनि काम सम्पन्न हुन नसकेपछि विभागका तर्फबाट यस्तो स्पष्टोक्ति आएको हो ।

    विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले नारायणगढ–बुटवल खण्ड विस्तार कार्य लक्ष्यअनुसार अगाडि बढ्न नसकेको बताउँदै आयोजनाको स्थलगत निरीक्षणपछि मात्र ठेक्का तोडिने प्रक्रिया अगाडि बढाइने बताए । ‘चाडपर्वपछि सो सडकखण्डको स्थलगत निरीक्षण गरिने र त्यसपछि ठेक्का तोडिने या के गर्ने भन्नेबारे निर्णय गरिनेछ’, उनले भने ।

    सडक विभागले यसअघि गत असोज ९ गते सूचना जारी गरी काम सम्पन्न हुनुपर्ने समयमा एक चौथाइ पनि काम हुन नसकेको, कामको गति ज्यादै सुस्त देखिएको, भएको सडकमा खाल्डो खनी सवारी साधन आवागमन गर्न नसक्ने बनाएको भन्दै ठेक्का तोड्ने चेतावनी दिएको थियो ।

    काम सम्पन्न हुनुपर्ने समयमा जम्मा १८ प्रतिशत मात्र काम भएको छ । सो आयोजनाको निर्माण अवधि गत साउन २२ गतेसम्म थियो । ४२ महिनाभित्र सम्पन्न गर्ने गरी यो सडक विस्तारका लागि २०७५ माघमा नेपाल सरकार र चीनको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनबीच सम्झौता भएको थियो ।

    विभागले सूचनामार्फत सो कम्पनीलाई कात्तिक ५ गतेसम्मको समयसीमा तोकेको थियो । राजमार्गको यस खण्डको विस्तार सम्पन्नपछि नारायणगढ र बुटबलबीचको दूरी बढीमा दुई घण्टाको हुने बताइएको छ ।

    तिनाउ न्युज

    तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

    लेखक बाट थप

    प्रतिक्रिया दिनुहोस !

    सम्बन्धित समाचार

    साताको चर्चित