तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video पहिरोको त्रास अन्त्य गर्ने तयारी : असोजदेखि सिद्धबाबा सुरूङमार्गबाट सवारी गुड्ने ‘बुद्धभूमि’मा बढ्यो प्रवेश शुल्क : लुम्बिनीमा कोषविरुद्ध स्थानीय र पर्यटन क्षेत्र आक्रोशित सानो शरीर, विशाल सपना : रंग र सङ्घर्षले कोरेको गंगा आर्ट्सको कथा बुटवलमा आजदेखि राष्ट्रिय सञ्चार सम्मेलन तथा मिडिया मन्थन आयोजना हुँदै मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो                
समाचार :

तिलोत्तमामा ५६ जना कांग्रेस माओवादी छाडेर एमाले प्रवेश

बुटवल ।  नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिले देशव्यापी रुपमा एमाले रोज्नेहरुको लहर चलेको बताएका छन् । देशका मुख्य शक्ति मानिएका ५।७ दलहरुले एमाले विरुद्ध मोर्चाबन्दी गरिरहेको समयमा एमालेप्रति प्रवेश गर्नेको जनलहरले सबैलाई उत्साह थपेको उनको भनाइ थियो ।
आइतबार रुपन्देहीको तिलोत्तमास्थित पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता पौडेलले शबै शक्तिहरु मिलेको समयमा एमाले आउनेको जनलहरले नै यसको लोकप्रियताबारे प्रष्ट पारेको बताए । ‘यो आमनागरिकको हितमा बोल्ने, लड्ने पार्टी हो भन्ने यो जनलहरले प्रमाणित गरेको छ, सबै शक्ति एकातिर मोर्चा बनाउँदा पनि आमनागरिकले हामीलाई साथ दिनुभएको छ, पार्टीमा आउने सबैलाई उपयुक्त जिम्मेवारी दिइने छ, सम्मानजनक जिम्मेवारी दिइने छ ।’ नेता पौडेलले भने ।
रुपन्देही क्षेत्र नं २ मा प्रतिनिधिसभाको उम्मेदार रहेका नेता पौडेलले एमाले सरकारमा रहँदा सुकुम्वासी समस्या समाधानको लागि गरिएको अन्तिम तयारी, विकासका प्रभावकारी योजन, राष्ट्रहितका लागि गरिएको अडान सबै नेपालीको सामु छर्लङ्ग भएको बताए ।
निर्वाचनका बेला अन्य पार्टीले एमालेले सुरु गरेका कामहरुलाई आफूले गरेको भन्दै प्रचार गरेको र एमालेविरुद्ध अनेक भ्रामक कुराहरु प्रचारमा ल्याएकाले सबै सचेत कार्यकर्ताले सबैलाई सचेत बनाउनुपर्ने उनले बताएका थिए ।
एमाले पोलिटब्युरो सदस्य तथा प्रदेश सभाका उम्मेदार लिला गिरीले एमाले नेतृत्वमा यसअघि तीनै तहका सरकारले गरेका असल अभ्यासहरुलाई गठबन्धन सरकारले अलपत्र पारेको बताए । उनले जनतालाई ध्यान दिइएर सुरु गरेका महत्वपूर्ण योजनाहरु गठबन्धनका स्वार्थका कारण रोक्न खोजिएको र ती योजना पूरा गर्न एमालेलाई बहुमत आवश्यक रहेको धारणा राखेका थिए ।
सो कार्यक्रममा नेपाली कांग्रेस तथा नेकपा माओवादी छाडेका ५६ जना एमालेमा प्रवेश गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित