दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ स्थित धकधईमा कुस्ती (दंगल) प्रतियोगिता हुने भएको छ । तराई–मधेशको लोकप्रिय खेलको रुपमा रहेको कुस्तीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गर्न लागिएको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताए । कुस्ती खेललाई लोप हुन नदिन प्रतियोगिताको आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
रोहिणी गाउँपालिकाको आयोजनामा यही कात्तिक १५ र १६ गते श्री रामनरेश यादव आदर्श नमूना माध्यमिक विद्यालयको खेलमैदानमा उक्त प्रतियोगिता हुने गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडाअध्यक्ष वीर बहादुर क्षेत्रीले बताए । युवाहरुलाई प्रोत्साहन र प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले गाउँपालिकाले पाँच लाख रुपैयाँ बजेट बिनियोजन गरी प्रतियोगिता गर्न लागिएको क्षेत्रीले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु. १ लाख १ हजार १ सय ११, द्वितीय हुनेलाई ५० हजार ५ सय ५५, तृतीयलाई २५ हजार २ सय २५ र सान्तत्वनालाई १५ हजार १ सय २५ रुपैयाँ प्रदान गरिने उनले जानकारी दिए । उनले भने, ‘निर्णायकको निर्णयअनुसार पहलमानहरुलाई प्रोत्साहनवापत साइकल र टेलिभिजनको व्यवस्था गरिनेछ ।’
प्रतियोगितामा नेपाल र भारतबाट गरी २५ जना बढी पहलमानको सहभागीता रहने उनले बताए । त्यस्तै १०÷१५ हजार बढी दर्शकको उपस्थिति रहने अपेक्षा गरिएको प्रवक्ता क्षेत्रीले बताए ।
रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमले गाउँपालिकाले कुस्तीसहित अन्य खेलको संरक्षणका लागि बजेट बिनियोजन गरेको बताए । उनले आगामी दिनमा पनि कुस्ती लगायत अन्य खेलकुद प्रतियोगिता सञ्चालन गरिने बताए । उनले भने, ‘खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिका अघि बढेको छ ।’
प्रतियोगितामा प्रवेश निःशुल्कको व्यवस्था रहेको गाउँपालिकाका योजना शाखा प्रमुख राजकुमार मिश्राले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित