भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग रोट्रयाक्ट डाउनटाउनले विद्यालयलाई दियो दुई थान फिल्टर मेशिन तिलोत्तमा नगरपालिकाद्वारा सुलभ फार्मेसी सञ्चालन रास्वपा बुटवल सभापतिमा राजन, तिलाेत्तमामा रुस्तम र सैनामैनामा लक्ष्मण निर्वाचित बाजा नबजाउने गाउँ, यसरी चिच्याउने चलन || Palpa Satyawati Bajai video घरभित्र अर्को घर बनाउने अनौठो चलन || गुल्मीको रोचक गाउँ – Video                
समाचार :

रुपन्देहीमा राती १० बजेसम्म देउसी खेल्न पाइने

बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तिहारको समयमा रातको १० बजेसम्म मात्रै देउसी भैलो खेल्न अनुमती दिएको छ । कार्यालयले शनिबार एक सूचना जारी गर्दै  चाडपर्वको समयमा बिस्फोटकजन्य पटकाहरु खरिद-बिक्री गर्ने, पड्काउने, ध्वनी तथा वायू प्रदुषण गर्ने लगायतका गतिविधि नगरि देउसी खेल्न आग्रह गरिएको छ ।

सूचनामा भनिएको छ-‘रातको १०:०० बजे पछि देउसी भैलो खेल्ने, देउसी भैलो खेल्दा राजमार्ग तथा सहायक राजमार्ग अवरोध गर्ने, बढि रकम असुल्न बाध्यतामा पार्ने जस्ता असामाजिक किसिमका गतिविधि नगर्न नगराउनुहुन सम्पूर्ण जिल्लाबासीहरुमा अनुरोध छ। साथै यस्ता किसिमका गतिविधिहरु गरेको पाईएमा कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

मुलुकी अपराध संहिता, २०७४ को विष्फोटक पदार्थ (पटाका) सम्बन्धी कसुरमा तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवना हुनसक्ने व्यवस्था रहेको छ । मादक पदार्थ सेवन गरेर सवारीसाधन नचलाउन, सार्वजनिक स्थानमा मद्यपान, धुम्रपान नगर्न, नगद बहुमूल्य सामान, गरगहना लकरमा राख्न, विद्युतीय माध्यमबाट मात्र आर्थिक कारोबार गर्नसमेत प्रहरीले आग्रह गरेको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित