अनेरास्ववियु लुम्बिनीको अध्यक्षमा रोल्पाका सन्तोष बाठा निर्वाचित सियारीका अतिविपन्न १४ परिवारलाई घर भूमाफिया र मालपोतका कर्मचारीको मिलेमतोमा विमानस्थलको धानवमार्ग र पर्खाल भित्रको जग्गा व्यक्तिका नाममा दर्ता बुटवल उद्योग वाणिज्य संघमा हरीप्रसाद अर्याल प्यानलको उम्मेद्वारी घोषणा होराइजन कलेज, होराइजन गौतम बुद्ध मा.विमा रेडक्रम सर्कल गठन तथा वृक्षरोपण कार्यक्रम तिलोत्तमाको जनता मा.विले भित्रायो दुई बर्षे निःशुल्क औद्योगिक प्रशिक्षण तालीम तस्वीरमा हेर्नुहोस्– ४० करोडमा खोलिएको वृज ग्लास उद्योग माओवादी संग भागबन्डा मिलाउन नसकेपछि गुहार माग्न लुम्बिनीका मुख्यमन्त्री काठमाडौंमा अनेरास्ववियु लुम्विनी वाणिज्य क्याम्पसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ‘उच्च रक्तचाप र मधुमेहको नियन्त्रण गर्न सके मुटु रोगबाट बच्न सकिन्छ’                
समाचार :

पूर्व अर्थमन्त्रीलाई सञ्जालको ज्ञापनपत्र

बुटवल । रुपन्देही जिल्लामा क्रियाशिल व्यवसायिक संघसंस्थाहरुको संजाल रुपन्देहीले शनिवार नेपाल सरिकार पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेललाई चर्को बैंकको व्याज तत्काल हटाउन पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

व्यवसायीक सञ्जाल संघर्ष समितिका संयोजक एवं रुपन्देही उद्योग संघका अध्यक्ष माधव प्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले हालै नेपाल राष्ट्र बैंकद्वारा लागु गरिएको चालू पू“जी कर्जा निर्देशिका २०७९ लाई आधार मानेर बैंक तथा वित्तिय संस्थाहरुले लगानीको व्याज अचाक्ली बढाएको र त्यसबाट उद्योग व्यवसाय धारशाही बन्ने अवस्था सिर्जना भएको भन्दै त्यसलाई तत्काल फिर्ता गरि तरलताको अभाव अन्तय गर्न माग गरेको छ ।

उक्त अवसरमा पूर्व अर्थमन्त्री पौडेलले बर्तमान सरकारले अर्थतन्त्रलाई चलायमान बनाउन र नीजि क्षेत्रका समस्याहरुलाई सकारात्मक ढंगले सम्बोधन गर्न नसकेको भन्दै आफु अर्थमन्त्री रहदा अर्थतन्त्रलाई बचाएर राखेको स्मरण गराउनु भएको थियो । पौडेलले बैंक तथा वित्तिय संस्थाहरुले नीजि क्षेत्रको लगानीलाई ध्वस्त बनाउने गरि अस्वाभाविक रुपमा बढाएको बैंक व्याजले समग्र अर्थतन्त्रलाई विगार्ने हुदा त्यसलाई समाधानका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

ज्ञापनपत्रमा बैंक तथा वित्तिय संस्थाहरुद्वारा हाल कायम गरिरहेका उच्चतम ब्याजदर तथा विभिन्न सेवाशुल्कहरु तत्काल पुनरावलोकन गर्न र चालूपू“जी कर्जा निर्देशिका खारेज गर्न जोडदार माग गर्दै व्याजदर नघटाएमा आ—आप्mना उद्योग व्यवसायहरु बन्द गरी चरणवद्ध रुपमा आन्दोलनमा होमिन बाध्य हुने उल्लेख गरिएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार