रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

रुपन्देही २: विष्णु पौडेलविरुद्ध जनमुक्तिका केशवबहादुरलाई सघाउने तयारी

रुपन्देही । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं २ को प्रतिनिधि सभाका लागि सत्तारुढ गठबन्धनका उम्मेदार राजु गुरुङको उम्मेदवारी खारेजीको निर्णय सर्वोच्च अदालतले सदर गरिदिएपछि आगामी रणनीति तय गर्न दलहरु छलफलमा जुटेका छन् ।

सर्वोच्चबाट गुरुङ उम्मेदवार हुन नपाउने आदेश जारी भएपछि सत्ता गठबन्धनमा संकट आइलागेको छ । अब उनीहरुले कसलाई समर्थन गर्ने र कस्तो रणनीति बनाउने विषयमा आन्तरिक तयारीमा जुटेका हुन् । यो क्षेत्रमा १८ जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएकोमा गुरुङसहित ३ जनाको खारेजी परेपछि आयोगले १५ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

निर्वाचन अधिकृतको कार्यालयले गुरुङको उम्मेदवारी खारेज गरिदिएपछि उम्मेदवारी कायम हुने आशाका साथ सत्ता गठबन्धनको साझा उम्मेदवार एकीकृत समाजवादीका गुरुङ सर्वोच्च अदालत रिट बोकेर पुगेका थिए ।

तर सर्वोच्चले शुक्रबार उनको रिटमा अन्तरिम आदेशको निरन्तरता नपाउने भनेसँगै उनको उम्मेदवारी कायम नहुने भएको हो । नेताहरूले अर्को कुनै पार्टीको उम्मेदवारलाई समर्थन गरेर अगाडि बढ्ने तयारी गरेका छन् । तर कुन दलको उम्मेदवारलाई कसरी समर्थन गरेर अगाडि जाने भन्नेबारे अझै विस्तृत छलफल हुन बाँकी रहेको छ ।

कांग्रेसका एक नेताका अनुसार जनमुक्तिका केशवबहादुर (केशव सूर्यवंशी) थापालाई समर्थन गर्ने तयारी भएको छ । उनका अनुसार जनमुक्तिले प्रदेशभर गठबन्धनलाई समर्थन गर्ने र रुपन्देही २ मा जनमुक्तिका उम्मेदारलाई समर्थन गर्नेगरी छलफल चलेपनि अन्तिम निचोड केही आएको छैन ।

नेकपा एकीकृत समाजवादी रुपन्देहीका अध्यक्ष अबिराम विश्वकर्माले सर्वोच्चको निर्णयले राजनीतिमा नयाँ विषयले प्रवेश पाएको बताउँदै पार्टी तथा को बैठक बसेर कसरी अगाडि जाने भन्नेमा निर्णय गर्ने बताए । गुरुङ एकीकृत समाजवादी पार्टीको उम्मेदवार भएपनि समग्रमा गठबन्धन दललाई सर्वोच्चको आजको निर्णयले असर गरेकोले अब नयाँ उम्मेदवारलाई पार्टीको हैसियत, उम्मेदवारको छवि, मत आदि हरेर समर्थन गर्नसक्ने उनको भनाइ छ ।

यसैगरी नेपाली काँग्रेस लुम्बिनीका सभापति अमर पुनले अदालतको निर्णयले गठबन्धन दलहरूलाई ठूलो क्षति भएको प्रतिक्रिया दिए । यद्यपि अदालतबाट आएको निर्णयलाई मान्नुको विकल्प नभएको उनले बताए । क्षेत्र नम्बर २ मा प्रदेश उम्मेदवारहरूको समेत चुनावी गतिविधिहरू प्रभावित भएकोले छिट्टै निकास निकाल्नु उनले पर्ने बताए । उनले रुपन्देहीमा गठबन्धनले सहयोग गर्नेमा जनमुक्ति पार्टी उम्मेदवारको पनि नाम आएको भन्दै सबै सम्भावित नामबारे गठबन्धन दलको बैठकले निकास निकाल्ने बताए ।

नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले अदालतको निर्णयलाई सम्मान गर्दै कानुनी र राजनीतिक विषयमा छलफल गर्ने बताए । उनले अन्य कानुनी र राजनीतिक उपायबारे आज–भोलि गठबन्धन दलहरूको नेतृत्वबाट छलफल गर्ने बताए । रुपन्देही २ मा गठबन्धनबाट सङ्घमा राजुको उम्मेदवारी परेको थियो भने प्रदेश (१) मा नेपाली काँग्रेसका दीर्घ बहादुर केसी र (२) मा माओवादीका वामदेव क्षेत्रीको उम्मेदवारी परेको छ ।

उम्मेदवारी खारेज नभएको भए क्षेत्र नम्बर २ मा गुरुङ र एमालेका उपाध्यक्ष विष्णु प्रसाद पौडेलबीच मुख्य प्रतिस्पर्धा हुने थियो । गुरुङको उम्मेदवारी खारेजीपछि पौडेललाई भने केही राहत भएको छ । कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको पाइएपछि गुरुङको उम्मेदवारी निर्वाचन अधिकृत कार्यालयले खारेज भएको थियो ।

को को छन् अबका प्रतिस्पर्धी ?

यहांँ अब पौडेलसँग केही साना पार्टी र स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा हुनेछन् । जसमा राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशबहादुर थापा, नेपाल मजदुर किसान पार्टीका हरिसुन्दर बासी, नेपाल दलित पार्टीका राजु शाही, नेपाली कांग्रेस वीपीकी नमादेवी गौतम जैसी, मंगोल नेशनल अर्गनाइजेशनका दीपक थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेल उम्मेदवार रहेका छन् ।

यस्तै रुपसिंह थापा, केशव बस्याल, टोपनारायण पौडेल, तारा घिमिरे, तुलसीराम यादव, सुरेन्द्र भारी, प्रदीप ज्ञवाली र विष्णु विक स्वतन्त्र उम्मेदवार रहेका छन् । यो क्षेत्रमा १८ जनाको उम्मेदवारी दर्ता भएकोमा राजु गुरुङ, हाम्रो नेपाली पार्टीका डा। निकोलस भनिने कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्याल उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारी खारेज गरेको थियो । कमल भुसाल उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च गएका छन् । उनको मुद्दाको पेशी कात्तिक १५ गते छ । यदि उनको उम्मेदवारी कायम भए १६ जना हुनेछन् ।

राजनीतिक विश्लेषक ऋषि आजाद रुपन्देही २ मा नेपाली कांग्रेसकै उम्मेदवार भएको भए पौडेलसँग रोचक प्रतिस्पर्धा हुन सक्ने तर अन्य दलको जोसुकै उम्मेदवार भएको भएपनि पौडेललाई फरक नपर्ने अवस्था रहेको बताउँछन् । ‘रुपन्देही २ मा कांग्रेसवाहेक अरु दलले पौडेलसँग प्रतिस्पर्धा गर्न सक्ने हैसियत छैन’ आजाद भन्छन् ।

जित नजिक पुगेका र सरकारमा माथिल्लो हैसियतमा पुग्न सक्ने प्रायः निश्चित भएका नेता पौडेललाई सबै दलका मतदाताले मतदान गर्नु वाहेक अरु विकल्प नदेखिएकोले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको १६५ क्षेत्र मध्ये सबै भन्दा धेरै र फराकिलो मतान्तरले जित हासिल गर्ने नेताको रुपमा विष्णु पौडेल स्थापित हुन सक्दछन् ।

‘यस्तो अवस्थामा गठबन्धनले साना दललाई समर्थन गर्दैमा पौडेललाई फरक पर्दैन तैपनि चुनाव हो औपचारिकता त पुरा गर्नैपर्‍यो ।’

अब गठबन्धन के गर्ला ?

उम्मेदवारी नै खारेज भएसँगै मुलुककै राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ–अव रुपन्देही–२ मा गठबन्धन के गर्ला रु रुपन्देहीमा विकासको रोलमोडलको रुपमा उदाएका विष्णु पौडेललाई समर्थन गरेर इतिहास कायम गर्ला वा साना दलका कुनै उम्मेदवारलाई समर्थन ?
यस सन्र्दभमा माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल बाँकी रहेका उम्मेदवार मध्ये जो राम्रो छ उसलाई समर्थन गरेर जान सकिने बताउँछन् ।

कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणका अनुसार गठबन्धनभित्र अहिलेसम्म के गर्ने भन्ने विषयमा छलफल भएको छैन । ‘संभवतः शनिबार नै हामी गठबन्धनको बैठक बस्छौं, त्यसपछि के गर्ने भन्ने बारे टुंगो लाग्ला’उनले भने । अव गठबन्धनसामु तेस्रो व्यक्तिलाई समर्थन गरेर जाने बाहेक अर्को विकल्प नदेखेको उनले बताए । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष अविराम विक सत्ता गठबन्धनको वैठकले गर्ने निर्णय अनुसार अघि बढ्ने बताउँछन् ।

यदि काँग्रेसले तेस्रो व्यक्तिको खोजी गरेको खण्डमा गठबन्धन दलका कार्यकर्ता वा आम मतदाताले के गर्लान रु गठबन्धनले समर्थन गरेको तेस्रो व्यक्तिलाई मतदान गर्लान् वा विष्णु पौडेल जितको नजीक पुगिसकेको ठानेर उनैलाई मत देलान् । निश्चय पनि मतदाताले अब फेरी पनि गठबन्धनको निर्देशन होईन आफ्नो विवेक प्रयोग गर्ने बलियो संभावना देखिन्छ ।

किनभने, रुख चिन्हमा मत हाल्दै आएका काँग्रेस कार्यकर्तालाई कहिले कलम, कहिले हँसिया हथौडा वा कहिले अन्य कुनै चिन्हमा मतदान गर्ने निर्देशन दिंदा पक्कै पनि कार्यकर्ताले स्वीकार्ने अवस्था देखिंदैन । यो अवस्थामा उनीहरुले अव जे भयो भयो, जितको नजीक पुगिसकेकाले पौडेललाई नै मत दिउँ भन्ने विकल्प रोज्न सक्छन् ।

राजु गुरुङका साथै हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका कमल भुसाल ९निकोलश० को उम्मेदवारी पनि खारेज हुनुले अव मतदातामा विष्णु पौडेल बाहेक अन्य विकल्पहरु साँघुरिंदै गएको विश्लेषकहरु बताउँछन् । यद्यपि भुसालको बारेमा सर्वोच्चले के गर्ला भनेर कात्तिक १५ पर्खिनैपर्छ ।

बलियो बन्दै पौडेल

मंसिर ४ को निर्वाचनपछि बन्ने सरकारको मन्त्रीमण्डलमा महत्वपूर्ण मन्त्रालयको नेतृत्व गर्नसक्ने मध्येमा एक हुन् एमाले उपाध्यक्ष विष्णु पौडेल । चुनावपछि अहिलेको गठबन्धन थप तोडमोड गरेर वा आफूसँगकै दलहरु र विभिन्न शक्तिलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओली तेस्रोपटक प्रधानमन्त्री बन्न चाहन्छन् । र त्यो सरकारमा महत्वपूर्ण मन्त्रालय प्राप्त गर्ने मध्येका नेता विष्णु पौडेल रहेकोमा दुईमत छैन ।

यसअघि आफूले सांसद र मन्त्री बन्दा रुपन्देहीमा सुरू गरेका कतिपय ठूला र महत्वपूर्ण आयोजनाहरु अधूरो भएकाले आगामी मंसिर ४ गतेको निर्वाचनपछि आफू फेरि सरकारमा गएर अधुरा काम पूरा गर्ने योजना पौडेलको छ । उनले सार्वजनिक रुपमा हरेकजसो कार्यक्रममा मंसिर ४ को निर्वाचनपछि एमाले नेतृत्वको सरकार नबने मुलुकमा समृद्धि, विकास र शान्ति सम्भव नहुने दाबी गरिरहेका छन् ।

गठबन्धनसँग एक्लै भिडेर फराकिलो मतान्तरले चुनाव जित्नेमा पौडेल विश्वस्त थिए । चुनावपछि विजयी हासिल गरेर रुपन्देहीका अधुरा योजना पूरा गर्न पौडेलले ‘रोडम्याप’ नै तयार पारेर अघि बढेका थिए ।

वैशाखमा भएको स्थानीय निर्वाचनको नतिजाअनुसार बुटवलमा सत्ता गठबन्धन अगाडि थियो । तर त्यसअघिको २०७४ को निर्वाचनमा पौडेलले काँग्रेस उम्मेदवार युवराज गिरीलाई २२ हजार भन्दा बढी फराकिलो मतान्तरले पराजित गरेका थिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार