रोटरी रुपन्देहीद्वारा पत्रकार भगवती पाण्डे ‘रोटरी सामाजिक पत्रकारिता पुरस्कार’ बाट सम्मानित रोटरी तिनाउ द्वारा पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न लियो क्लब अफ बुटवल क्षितिजको छैटौँ पदस्थापन समारोह सम्पन्न लुम्बिनी केबलकारमा भदौ सम्म सोमबार टिकटदर आधा सस्तो आफन्तको घरमा आएका दुई बालक तिनाउमा बगे नागरिक उन्मुक्ती पार्टी लुम्बिनी संसदीय दल नेता फेर्ने प्रयास असफल लुम्बिनीलाई खतराको सूचीमा राख्ने प्रस्ताव अस्विकृत ट्राभल टुरिजम पढ्ने लुम्बिनी बौद्धका विद्यार्थी चीनमा ग्रेजुएट लुम्बिनीमा विवादित व्यक्ति मन्त्री बनेपछि विरोध लुम्बिनीमा मन्त्री छनोटप्रति कांग्रेस प्रदेश समितिको असन्तुष्टि                
समाचार :

फूलखेती गर्दा घरबाट निकालिएका रमेश

रुपन्देहीको तिलोत्तमा–५ का रमेश पाण्डे सानैदेखि घरका गमलामा फूलहरू रोपेर ढकमक्क पार्थे । पढ्नेबाहेकको समयमा उनी फूलमा पानी हाल्ने, फूलका बेर्ना जमाउने र गोडमेल गर्नमै व्यस्त हुन्थे ।

उनले योजना बनाए, ‘ठूलो भएपछि व्यावसायिकरूपमै फूलखेती गर्छु ।’ र, २०५७ सालमा दुई कठ्ठा जग्गामा उनले फूलखेती सुरु गरे ।

तर, उनको यो कामप्रति परिवार भने असहमत थियो । ‘हाम्रो परिवारले फूलखेती गर्ने होइन, यसमा पैसा पनि छैन । राम्राे जागिर गर्’, आफ्ना बुवाले भनेका कुरा सम्झिँदै रमेश भन्छन्, ‘सुरुमा त मैले फूल रोपेको जग्गामा बुवाले डोजर नै लगाइदिनुभयो ।’

खासमा उनका बुवा छाेराले बैंकमा जागिर गराेस् भन्ने चाहन्थे ।

त्यस बेला उनकी श्रीमती गर्भवती थिइन् । फूलखेतीलाई व्यावसायिक बनाएर अघि बढ्न खोज्दा उनले परिवारको साथ पाएनन् ।  बरु घरबाटै निकालिए । विगत सम्झिँदै उनी भन्छन्, ‘ऋण लिएर फूल लगाएको थिएँ । बाउले डोजर लगाइदिएपछि खुब रोएँ । त्यस बेला मेरो तीन लाख रुपैयाँ खेर गयो ।’

त्यसपछि उनी घरबाट छुट्टिए तर फूलखेती गर्ने योजना थन्क्याएनन् । उनले फेरि ऋण लिएर फूलखेतीलाई निरन्तरता दिने सोचका साथ ‘लुम्बिनी नर्सरी एण्ड गार्डेन’ नामको फर्म दर्ता गरे ।

फर्म सुरु गरेको केही समय आर्थिक रूपमा सकस परे पनि पछि उनलाई यही फर्मबाट भएको आम्दानीले सन्तुष्टि दियो । हिजोआज रमेशलाई लाग्छ, ‘अब फूलखेतीबाट पछाडि हट्नुपर्दैन ।’

आफ्नो तीन कट्ठासहित तिलोत्तमा–५ मै डा. प्रायश्चित श्रेष्ठको चार कठ्ठा जग्गा भाडामा लिएर उनले फलफूलका विरुवा, सो–प्लान्टलगायत उत्पादन तथा बिक्री गर्दै आएका छन् । त्यसबाहेक उनी फूलखेतीको तालिम र प्रशिक्षणसमेत दिन्छन् ।

तीन लाख रुपैयाँ ऋण लिएर सुरु गरेको फर्ममा अहिलेसम्म उनले ५५ लाख रुपैयाँ लगानी गरिसकेका छन् । फर्मबाट उनले वार्षिक १० लाख रुपैयाँ कमाउँछन् । ‘यो मेरो बचत रकम हो’, उनी भन्छन्, ‘अब गार्डेनलाई अझ विस्तार गर्ने योजना छ ।’

आगामी दिनमा आफ्नै जग्गामा ठूलो नर्सरी बनाउने योजनाका साथ काम गरिरहेको उनको भनाइ छ । ‘अबको पाँच महिनामा नयाँ नर्सरी सुरु हुन्छ’, उनले भने ।

उनको नर्सरीमा अहिले ग्लाडुल्स, एसटी फ्लावर, अर्नामेन्टल पलान्ट, साइकस, बेगन, लालुपाते रोज एकजोरा, मुसुन्डा, हेबिसकस, टिकोमालगायतका पुष्पका बिरूवा छन् । यसबाहेक विभिन्न मौसमी तथा बेमौसमी सयपत्री, डेलिया, गोदावरी, जखेरा, विभिन्न इन्डोर प्लान्ट फूलसहित कागती, अम्बालगायतका फलको विशेष उत्पादन हुने गरेको छ ।

उनी पुष्प व्यवसायी संघ लुम्बिनी प्रदेशका अध्यक्षसमेत हुन् । बुटवल–बेलहिया सडकलाई हरियालीको परिकल्पना गरेर मणिग्रामका सुरज काफ्लेसँग मिलेर सडक डिभाइडरमा फूलहरूको गार्डेन बनाउने अभियान समेत उनैले सुरु गरेका हुन् ।

पाण्डेले ठूला होटलमा गार्डेनको डिजाइन गर्नुका साथै बगैँचा निर्माणसमेत गर्ने गरेका छन् । ‘होटल र रेस्टुरेन्टमा बगैँचाको डिजाइन गर्ने र बिरुवाहरू उपलब्ध गराउने काम पनि गर्दै आएको छु’, उनले भने ।

उनले किसानहरूको समूह गठन गरेर फूलखेतीको तालिम र आवश्यक बिरुवा सहयोग पनि गर्ने गरेका छन् ।

रमेश अहिले लुम्बिनी प्रदेशलाई फूलैफूलकै प्रदेश बनाउने अभियानमा लागेका छन् । लुम्बिनी प्रदेशभित्र आवश्यक फूल भारतीय बजारबाट ल्याउनु नपर्ने गरी समूगतरूपमा फूलखेतीका लागि सहकार्य पनि गर्दै आएका छन् ।

४४ देखि शून्य डिग्री तापक्रमसम्म हुने स्थानहरू लुम्बिनी प्रदेशमा भएकाले सयाैँ प्रजातिका फूल यस प्रदेशमा लगाउन सकिने उनी बताउँछन् ।

फूलैफूलकाे लुम्बिनी प्रदेश बनाउन किसानलाई तालिम र आवश्यक बीउबिजन प्रदेशको कृषि मन्त्रालयबाट प्राप्त हुने भएकाले पनि प्रदेश सरकारकै योजनाअनुसार फूलैफूलको प्रदेशका रूपमा लुम्बिनी प्रदेशलाई चिनाउने उनले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार