दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला कमल गौतमः जसले जीवनभर उद्योगी र मजदूरको हितमा बोलिरहे रातै भएर बग्याे तिनाउ, यस्ताे छ कारण भद्रकाली सहकारी द्वारा निःशुल्क मृगौला परीक्षा र औषधि वितरण                
समाचार :

त्रिभुवन आर्मीले जित्यो सर्वाधिक पदक

नवौं राष्ट्रिय खेलकुदको समापन गरिएको छ। गण्डकी प्रदेशमा असोज २८ देखि औपचारिक रूपमा सुरू गरिएको नवौं राष्ट्रिय खेलकुद बिहीबार पोखरा रंगशालामा समापन गरिएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा भएको समापन समारोहमा कर्णाली प्रदेशमा २०८१ मा हुने दसौं राष्ट्रिय खेलकुदको झन्डा हस्तान्तरण गरियो।

गण्डकी प्रदेशमा भएको नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा भएको थियो। जसमा त्रिभुवन आर्मी क्लबले सर्वाधिक पदक जित्यो। आर्मीले १७२ स्वर्ण, ११० रजत र ८९ कास्य गरी कुल ३७१ पदक जितेको छ।

दोस्रो स्थान एपिएफले ६५ स्वर्ण, ७३ रजत र ८१ कास्य गरी २१९ पदक हात पारेको छ।

तेस्रो स्थानको नेपाल पुलिस क्लबले ६१ स्वर्ण, ६१ रजत र ७३ कास्य गरी कुल १९५ पदक जित्यो।

चौथो बनेको आयोजक गण्डकीले ३२ स्वर्ण, ३१ रजत र ५७ कास्य गरी कुल १२० पदक हात पार्‍यो।

पाँचौं स्थानको बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ कास्य गरी कुल १४५ पदक जित्न सफल भयो।

छैठौं स्थानमा प्रदेश एक रह्यो। उसले १० स्वर्ण, २३ रजत र ५० कास्य गरी कुल ८३ पदक भित्र्यायो।

सातौं स्थानमा रहेको सुदूरपश्चिमले १० स्वर्ण, १० रजत र ४३ कास्य गरी कुल ६३ पदक जित्न सफल भयो।

एनआरएनए टिम आठौं भयो। उसले १० स्वर्ण, ९ रजत र ७ कास्य गरी कुल २६ पदक हात पार्‍यो।

लुम्बिनी प्रदेश ६ स्वर्ण, २२ रजत र ४० कास्य गरी कुल ६८ पदक जित्दै नवौं स्थानमा रह्यो।

दसौं स्थानको मधेश प्रदेशले ५ स्वर्ण, ८ रजत र २६ कास्य गरी कुल ३९ पदक हात पार्‍यो।

अन्तिम स्थानमा कर्णाली प्रदेश रह्यो। उसले २ स्वर्ण, ४ रजत र १२ कास्य गरी कुल १८ पदक जित्न सफल भयो।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित