रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

५० शैय्याको क्षमताले एक सय २० जनालाई सेवा

भैरहवा क्षेत्रको सबैभन्दा पुरानो र सरकारी अस्पतालको रुपमा रहेको भिम अस्पतालले क्षमताभन्दा बढी सेवा दिइरहेको छ । ५० वेड क्षमता रहेको अस्पतालले १२० जनासम्म बिरामीलाई एकै पटक सेवा दिइएको पाइएको छ ।
वर्ष भरि गरेको प्रगति र कामको समिक्षा गर्दै अस्पतालले कर्मचारीको सामूहिक प्रयासले अस्पतालले लक्ष्यभन्दा बढी प्रगति हासिल गरेको अस्पतालकी मेडिकल सुपरीटेण्डेण्ट डा. शकुन्तला गुप्ताले बताइन । अस्पतालले आर्थिक वर्ष २०७८-०७९ मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरु उत्कृष्ट रहेको र केहीमा सुधार गर्नुपर्ने देखिएको निश्कर्ष निकालेको छ । ‘सीमित जनशक्ति र स्रोत साधनले कर्मचारीले धेरै नै प्रशंसनीय काम गरेका छन्, १ जना नर्स बराबर १३ जना बिरामीलाई सेवा दिनु भनेकै जनशक्तिको अधिकतम प्रयोग अस्पतालले गरेको हो ।’–मेसु गुप्ताले भनिन् ।

अस्पतालको सेवाहरु विस्तार हँुदै जाँदा स्वास्थ्य सेवा लिनेको संख्यामा पनि धेरै नै परिवर्तन भएको छ । बहिरंग सेवामा दैनिक १७५ जनासम्म बिरामीहरु सरदर अस्पताल आइरहेको तथ्याङ्क छ, भने प्रयोगशाला, सर्जरी र प्रसुतीमा पनि सेवाग्राही बढिरहेका छन् । यो अस्पतालको लागि राम्रो पक्ष हो । पूर्वाधार निर्माण र उपकरणहरु थपिदै गए पनि जनशीक्त, अभाव कायमै छ ।

अस्पतालले थप जनशक्तिबाट विशेषज्ञ सेवाहरु पनि थप्ने क्रममा छ । सर्जन, अर्थपेडिक, जर्नल फिसिजयन र रोडीयोलोजीको विशेषज्ञ सेवा दिनका लागि अस्पतालले प्रक्रिया अगाडि बढाएको छ, भने सिटी स्क्यान, ब्लड बैंक ल्याबमा पनि थप सेवाहरु र सरकारी सेवा बाहेकका अन्य सेवा हरु पनि अस्पतालले विस्तार गर्न लागेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

दैनिक लुम्बिनी बाट साभार

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित