


प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै भावी मुख्यमन्त्रीको चर्चा शुरू भएको छ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका आधा दर्जनभन्दा बढी नेता मुख्यमन्त्रीको ‘रेस’ मादेखिएका छन् ।
लुम्बिनी प्रदेशसभामा ५२ प्रत्यक्ष र ३५ समानुपातिक गरी ८७ सदस्य प्रदेश सांसदका लागि आउँदो मंसिर ४ गतेएकसाथ चुनाव हुँदैछ ।
२०७४ मा एमाले–माओवादीको तालमेलपछि ‘हेभीवेट’ नेता शंकर पोखरेल प्रदेशसभा चुनाव लडेर मुख्यमन्त्री बनेकाथिए ।
यसपटक कुनै पनि दलबाट निश्चित उम्मेदवार मुख्यमन्त्री बन्ने भन्ने देखिएको छैन ।
यो प्रदेशमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा), नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चामा संगठन/शक्ति कमजोर भएकाले भावी मुख्यमन्त्रीमा कुनैपनि नेताको दाबी देखिँदैन ।
हालका मुख्यमन्त्री कूलप्रसाद केसी अहिले उम्मेदवार छैनन् भने संस्थापक मुख्यमन्त्री तथा एमाले महासचिव पोखरेलप्रतिनिधिसभा सदस्यमा उम्मेदवार छन् । अहिले प्रदेशसभामा ‘हेभीवेट’ उम्मेदवार छैनन् ।
कपिलवस्तु– ३ (२) बाट कांग्रेसका उम्मेदवार वीरेन्द्र कनोडिया भावी मुख्यमन्त्रीको मुख्य दाबेदार हुन् ।
निवर्तमान प्रदेशसभा संसदीय दलका नेता समेत रहेका कनोडिया चुनावअघि नै मुख्यमन्त्री बन्ने चर्चा थियो ।
केन्द्रबाट प्रदेश सरकार हेरफेर नगर्ने निर्देशनपछि मुख्यमन्त्री बन्न नसकेका कनोडियाको मृगतृष्णा अझै छ ।
त्यस्तै कांग्रेसबाटै रूपन्देही–१ (२) का उम्मेदवार अब्दुल रज्जाकलाई पनि भावी मुख्यमन्त्रीका रूपमा हेरिएको छ ।
यस अगाडि २०७० मा रूपन्देही– १ बाट चुनाव जितेका केन्द्रीय सदस्य रज्जाकलाई मुख्यमन्त्रीमा अगाडि सार्न सक्नेचर्चा कतिपयले गर्ने गरेका छन् ।
कांग्रेसका प्रदेश सभापति समेत रहेका रोल्पाली नेता अम्मरसिंह पुन मगर मुख्यमन्त्री हुने गरी प्रदेशसभामा उम्मेदवारबनेको कांग्रेस नेताहरू बताउँछन् ।
पुन रोल्पा–२ (२) मा उम्मेदवार छन् । पुनका विरुद्ध माओवादी बागी उम्मेदवार खडा भएको हुँदा उनलाई चुनाव जित्नचुनौती देखिएको छ ।
त्यस्तै दाङका नेता तथा प्रदेशका पर्यटन विकास मन्त्री डिल्ली चौधरी पनि मुख्यमन्त्रीको लाइनमा छन् । कांग्रेसकामुख्यमन्त्रीका दाबेदारमा पुनबाहेक अरू सबै संस्थापन खेमाका नेता हुन् ।
कांग्रेस केन्द्रीय सदस्य समेत रहेका रज्जाक प्रदेशमा झरेपछि उनीलाई मुख्यमन्त्रीको आश्वासन दिइएको बताइन्छ ।कांग्रेसले प्रदेशसभामा ३३ सीटमा आफ्ना उम्मेदवार बनाएको छ ।
नेकपा एमालेबाट रुपन्देही–२ (१) बाट उम्मेदवारी दिएका पार्टीका पोलिटब्युरो सदस्य एवं प्रदेश सह–इञ्चार्ज लीलागिरी मुख्यमन्त्रीका प्रमुख दाबेदार हुन् । पोखरेल नेतृत्वको सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रहेकानेता गिरी एमालेका अन्य आकांक्षीभन्दा ‘सिनियर’ नेतामा पर्छन् ।
गिरी सँगैसँगै रूपन्देही–२ (२) का उम्मेदवार पार्टी प्रदेश उपाध्यक्ष तथा पूर्वमन्त्री भोजप्रसाद श्रेष्ठ, रूपन्देही–१ (२) काउम्मेदवार एवं पोलिटब्युरो सदस्य तथा प्रदेश सह–इञ्चार्ज दधिराम न्यौपाने (माधव), दाङ तुल्सीपुरका पूर्वमेयर तथाकेन्द्रीय सदस्य घनश्याम पाण्डे पनि दाबेदार रहेको एमालेका प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले बताए ।
गिरी, श्रेष्ठ र न्यौपाने यसअगाडि २०७४ मा निर्वाचित सांसद हुन् । पोखरेल नेतृत्वको सरकारमा गिरीभन्दा माथिल्लोवरीयतामा भौतिक पूर्वाधार विकास मन्त्री र पछि आर्थिक मामिला तथा योजना मन्त्री रहेका नवलपरासी पश्चिमकानेता बैजनाथ चौधरी पनि मुख्यमन्त्रीका आकांक्षी थिए । तर, तर चौधरीले टिकट नै पाएनन् ।
‘हामीले भावी मुख्यमन्त्री यो नेता नै हो भनेर अगाडि सारेको छैनौं,’ अध्यक्ष कंडेलले भने, ‘निर्वाचनको परिणामपछि कोमुख्यमन्त्री हुनुहुन्छ भन्ने थाहा होला । हामी एकल सरकार बनाउने गरी परिणाम ल्याउने लक्ष्यका साथ चुनावमा लागेकाछौं ।’
यसअघि २०७४ मा प्रदेशमा एमालेले प्रत्यक्षतर्फ २९ र समानुपातिकतर्फ १३ गरी ४२ सीट जितेको थियो ।
कंडेलले थपे, ‘अहिले पनि हामीले यसअघिको जत्तिकै प्रत्यक्षमा जित निकाल्छौं भने अपेक्षा छ ।’
माओवादीबाट निर्वाचित न्यौपाने तत्कालीन नेकपा विभाजनपछि एमालेमा बसेका नेता हुन् । एमालेले प्रदेशका ४७क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ ।
त्यस्तै माओवादी केन्द्रबाट गुल्मीका सुदर्शन बराल मुख्यमन्त्रीका प्रमुख दाबेदारको रूपमा देखिएका छन् ।
शंकर पोखरेल नेतृत्वको सरकारमा सामाजिक विकास मन्त्री भएर विवादरहित र स्वच्छ छवि बनाएका बरालमाओवादीभित्र बौद्धिक र अरूभन्दा कुशल नेतृत्व क्षमताका नेता मानिन्छन् ।
उनीसँगै पोलिटब्युरो सदस्य रोल्पाका जोखबहादुर महरा अर्का दाबेदार हुन् । महरा माओवादी केन्द्रका अध्यक्षपुष्पकमल दाहाल ‘प्रचण्ड’ का पूर्व स्वकीय सचिव हुन् ।
त्यस्तै रुपन्देही–२ (२) का उम्मेदवार वामदेव क्षेत्री पनि आफूलाई भावी मुख्यमन्त्री बनेर प्रदेश हाँक्ने इच्छा रहेकोबताउँछन् । उनले यसअघि प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए ।
नेता बरालले भावी मुख्यमन्त्रीबारे छलफल नभए पनि माओवादी नेतृत्वमा सरकार बने अवस्था आए आफू मुख्यमन्त्रीबन्ने संकेत घुमाउरो पारामा गरे ।
‘हामी अहिले मुख्यमन्त्री को बन्ने भन्ने विषयमा प्रवेश नै गरेका छैनौं,’ नेता बरालले भने, ‘पार्टीबाट प्रदेशमा धेरै सिनियरनेताहरू हुनुहुन्छ । परिणाम के आउँछ, त्यही अनुसार हामी अगाडि बढ्छौं ।’
प्रदेशसभामा माओवादीले १७ निर्वाचन क्षेत्रमा मात्र उम्मेदवारी दिएको छ । नेकपा एकीकृत समाजवादीलाईगठबन्धनले प्रदेशसभाको कुनै पनि क्षेत्रमा टिकट दिएको छैन ।
पहाडका ६ र तराईका ६ जिल्ला गरी लुम्बिनीमा १२ जिल्ला पर्छन् । यो प्रदेशमा ३२ लाख ४९ हजार ६३७ मतदातारहेका छन् । त्यसमध्ये पुरुष १६ लाख ३७ हजार १३३, महिला १६ लाख १४ हजार ४७१ र अन्य ३४ जना रहेका छन् ।
प्रदेशमा मतदानस्थल १ हजार ६५० र मतदान केन्द्र ३ हजार ८६२ रहेको निर्वाचन आयोगले जनाएको छ ।
लोकान्तर बाट साभार