अग्लुङ्ग पुगेका बिष्टलाई नजोडिएको बाटो देखाउदै भने मतदाता भन्छन् : ‘सडक र मन दुबै जोड्न चाहान्छौ’ चाडपर्वको मौलिकता जोगाउने साझा जिम्मेवारीः मुख्यमन्त्री आचार्य बुटवल उपमहानगरपालिकाको ६७ औँ स्थापना दिवसमा नगर प्रमुख पाण्डेयको शुभकामना आज महाशिवरात्री पर्व मनाइँदै इन्टलेक्च्युअल एकेडेमीको १६औँ वार्षिकोत्सव सम्पन्न: संस्कारयुक्त शिक्षामा जोड रुपन्देहीमा २ अर्बमा पाँचतारे होटल एमराल्ड प्यालेस बन्दै, को हुन् लगानीकर्ता घिमिरे ? सातौँ खड्गप्रसाद गौचन स्मृति यु-१९ प्रतियोगिता : न्यू होराईजनको विजयी शुरुवात जनचाहना बुझ्दै मतदाताको घरदैलोमा रुपन्देही १ का उम्मेदवार खत्री गाउँ-गाउँमा गोकर्ण : मतदाताको उर्जासंगैका प्रश्नसँग साक्षत्कार गर्दै बुटवलका शिक्षण संस्थाका क्यान्टिनमा ‘फुड कलर’ प्रयोग भएको फेला                
समाचार :

ओस्टियोपोरोसिस के हो? कसरी बच्ने?

 ओस्टियोपोरोसिस एक गम्भीर हड्डीको समस्या हो जसले मानिसहरूलाई हिड्न वा उभिन पनि गाह्रो बनाउँछ। यो समस्या मुख्यतया कम हड्डीको घनत्वको कारणले हुन्छ। यस्तो अवस्थामा हाम्रो शरीरले हड्डीको तन्तुको उत्पादन घटाउँछ, जसका कारण हड्डीहरू स्वाभाविक रूपमा कमजोर हुन थाल्छ।

यस अवस्थामा हड्डीहरू पातलो र भंगुर हुने भएकाले हड्डीमा अलिकति टक्कर भए पनि भाँच्ने खतरा बढ्छ। केही दशकअघिसम्म हड्डीको समस्या जस्तै उमेर बढ्दै जाँदा हुने समस्याका रूपमा हेरिन्थ्यो तर, बिग्रँदै गएको जीवनशैली र खानपानमा पोषणको कमीका कारण अहिले युवायुवतीमा पनि यस्तो समस्या देखिन थालेको छ।

स्वास्थ्य विज्ञहरूका अनुसार हाम्रो शरीरले पुरानो हड्डीको तन्तुलाई निरन्तर सोस्छ र नयाँ तन्तु उत्पादन गर्छ जसले हड्डीको घनत्व, बल र संरचनात्मक स्थिरता कायम राख्छ। उमेर र जीवनशैलीका धेरै कारणहरूले नयाँ हड्डीको तन्तुको उत्पादनलाई असर गर्छ। जसकारण पुरानो तन्तु अवशोषित हुन्छ तर, नयाँ तन्तु बन्दैन।

जसकारण यस्तो समस्याको जोखिम बढ्छ। ओस्टियोपोरोसिसको लागि जोखिम कारकहरू बुझ्नुहोस् ओस्टियोपोरोसिसले महिला र पुरुष दुवैलाई असर गर्छ। रजोनिवृत्तिपछि महिलाहरूमा एस्ट्रोजन हार्मोनमा अचानक कमी आएपछि जोखिम बढ्छ।

 लक्षण
-गिजा तथा बंगारा कमजोर हुनु

-हातले राम्ररी सामान नपक्डिनु

-नङ्ग कमजोर हुनु

-ढाड कुपि्रनु

-हड्डी फ्याक्चर हुनु तथा भाँच्चिनु

-गर्दन तथा ढाड दुख्नु
बच्ने तरीका

-पर्याप्त क्याल्सियम तथा भिटामिन ‘डी’ को सेवन

-कम बोसोयुक्त डेरी प्रोडक्ट तथा हरिया साजसब्जी तथा फलफुलको सेवन

– नियमित व्यायाम

-धुमपान नगर्ने

-मदिरा त्याग्ने

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित