रुपन्देही २ का शालिन र अनुभवी उम्मेदार पौडेल, अरुको आलोचनाभन्दा आफ्नै अनुभव र योजना लिएर मैदानमा रास्वपा रुपन्देही क्षेत्र नं. १ का उम्मेदवार सुनिल लम्सालको प्रोफाइल जव फिक्का देखिन थाल्यो… बन्यो भत्किएको झेदी पुल: बिष्टले टुट्न दिएनन् स्थानीयका पुल तर्ने सपना गोकर्ण बिष्ट स्पष्टोक्क्ती: ‘अहिलेका भौतिक पुर्वाधार पहिलेका चुनावी बाचा हुन्’ काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’ उज्यालो नेपालबाट रुपन्देही–२ मा उम्मेदवार बनेका ई. सुरज पाण्डेको नीति कार्यक्रम यस्ता छन् जनताको अपार माया र सद्भावले उत्साहित छु : एमाले उपाध्यक्ष गोकर्ण विष्ट पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी बुटवल-गोरुसिङ्गे सडकमा उभिएर विष्णु पौडेलले भने : बुटवल-नारायणगढ जस्तो नहोस DEVILS                
समाचार :

विश्वकै लामो म्याराथन कात्तिक ६ बाट सोलुमा हुने

सोलुखुम्बु — विश्वकै लामो दूरीको म्याराथन दौड कात्तिकको पहिलो साताबाट सोलुखुम्बुमा सुरु हुने भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड- ८ धापदेखि सगरमाथा आधारशिविरसम्म पुगेर पुनः धापसम्म नै आइपुग्दा टुंगिने म्याराथन ३ सय १० किलोमिटर दूरीको हुनेछ ।

कात्तिक ६ बाट हुने दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र २ दर्जन नेपाली धावक सहभागी हुनेछन् । धावक दा छिरि शेर्पाको अगुवाइ र द स्मल वर्ल्डको संयोजनमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्नेछ ।

‘विश्वकै लामो दूरीको म्याराथन हामीले खेल पर्यटन प्रवर्द्धनका लागि आयोजना गर्न लागेका हौं,’ आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले भने ।

प्रतियोगिता धाप–पिके डाँडा– नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर सोही स्थान हुँदै धावकको टोली धाप नै फर्कने छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

‘विदेशीहरूले यो लामो म्याराथनको भिडियो डकुमेन्ट्रीहरू पनि निर्माण गरी विश्वका महत्वपूर्ण च्यानलहरूमा प्रसारण गर्नेछन्,’ अध्यक्ष शेर्पाले भने,‘जसको मद्दतले सिंगो देशको खेल पर्यटनको प्रवर्द्धन हुनेछ ।’ उनका अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रियय स्तरको दौड आयोजना गर्न लागिएको हो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित