निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री रामेश्वर खनाल कालिका कप समुद्घाटन: मार्चपास सहित विद्यार्थीले ६ हजार विद्यार्थीले गरे षट्कोण प्रर्दशन १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी पूरा कालिका मानवज्ञान मावि ६५ औं बर्षमा: ६ हजार विद्यार्थीले एकै पटक पिटी प्रर्दशन गर्ने प्रदेशस्तरीय आशिष कप ब्याडमिन्टन पुसको दोस्रो हप्ता हुने १६ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवको तयारी तीब्र थोर्गा रुपन्देही सम्पर्क समाजमा नयाँ नेतृत्व चयन,अध्यक्षमा षडानन्द,सचिवमा लक्ष्मण  कालिका मानवज्ञान मावि कक्षा ११ र १२ मा २१  शिर्षकमा आन्तरिक खेल सकिए पिन लुम्बिनी व्याडमिन्टन प्रतियोगिताको उपाधि भैरहवाको युसिएमएसलाई अक्सबृज इन्टरनेशनल एकेडेमीमा विद्यार्थी स्वागत तथा विदाई कार्यक्रम                
समाचार :

विश्वकै लामो म्याराथन कात्तिक ६ बाट सोलुमा हुने

सोलुखुम्बु — विश्वकै लामो दूरीको म्याराथन दौड कात्तिकको पहिलो साताबाट सोलुखुम्बुमा सुरु हुने भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड- ८ धापदेखि सगरमाथा आधारशिविरसम्म पुगेर पुनः धापसम्म नै आइपुग्दा टुंगिने म्याराथन ३ सय १० किलोमिटर दूरीको हुनेछ ।

कात्तिक ६ बाट हुने दौडमा विभिन्न देशका ४० जना अन्तर्राष्ट्रिय धावक र २ दर्जन नेपाली धावक सहभागी हुनेछन् । धावक दा छिरि शेर्पाको अगुवाइ र द स्मल वर्ल्डको संयोजनमा हुने प्रतियोगिता लगातार १५ दिनसम्म चल्नेछ ।

‘विश्वकै लामो दूरीको म्याराथन हामीले खेल पर्यटन प्रवर्द्धनका लागि आयोजना गर्न लागेका हौं,’ आयोजक संस्थाका अध्यक्ष कर्मा शेर्पाले भने ।

प्रतियोगिता धाप–पिके डाँडा– नाम्चे–गोकियो हुँदै सगरमाथा आधार शिविर पुगेर सोही स्थान हुँदै धावकको टोली धाप नै फर्कने छ ।

सर्वोच्च शिखर सगरमाथा क्षेत्रका विभिन्न पर्यटकीय क्षेत्रमा अन्तर्राष्ट्रिय धावकहरूलाई दौडाउँदा नेपालको पर्यटन प्रवर्द्धन हुने आयोजकको अपेक्षा छ ।

‘विदेशीहरूले यो लामो म्याराथनको भिडियो डकुमेन्ट्रीहरू पनि निर्माण गरी विश्वका महत्वपूर्ण च्यानलहरूमा प्रसारण गर्नेछन्,’ अध्यक्ष शेर्पाले भने,‘जसको मद्दतले सिंगो देशको खेल पर्यटनको प्रवर्द्धन हुनेछ ।’ उनका अनुसार म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ । कोरोना महामारीपछि नेपालमा पर्यटकीय गतिविधि बढेसँगै नेपालमा अन्तर्राष्ट्रियय स्तरको दौड आयोजना गर्न लागिएको हो ।

 

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित