‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडक ६० वर्षपछि फराकिलो बनाउन थालियाे

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा सडकखण्ड स्तरोन्नति हुन थालेको छ । विश्व बैंकले बुटवल–गोरुसिङ्गे–चन्द्रौटा ६९ किलोमिटर सडक स्तरोन्नतिका लागि रु २७ करोड ५० लाख उपलब्ध गराउने सम्झौतापछि आवश्यक प्रक्रिया सुरु भएको हो ।

सडक विभागका सहसचिव तथा उपमहानिर्देशक डा विजय जैसीले सडकको ठेक्का प्रक्रियामा जाने तयारी भइरहेको जानकारी दिए । उनले भने, “पुरानो सडक हो यो, यसलाई हामीले दुई खण्डमा विभाजित गरी स्तरोन्नतिको काम अघि बढाउने छौँ ।”

विसं २०१८ मा तत्कालीन राजा महेन्द्र शाहले शिलान्यास गरेको सडक ६० वर्षपछि फराकिलो बनाउन थालिएको हो । बुटवलबाट गोरुसिङ्गेसम्म ५० किलोमिटर र गोरुसिङ्गेदेखि चन्द्रौटासम्म १९ किलोमिटर गरी दुई खण्डमा विभाजित गरी स्तरोन्नति हुनेछ ।

उपमहानिर्देशक जैसीका अनुसार बुटवलबाट गोरुसिङ्गेसम्मका लागि केही वर्षअघि एसियाली विकास बैंकको सहयोगमा डिजाइन सम्पन्न भएको थियो । सो खण्डका लागि एक महिनाभित्र बोलपत्र प्रक्रियामा जाने सडक विभागको योजना छ । अर्को गोरुसिङ्गेबाट चन्द्रौटासम्म १९ को डिजाइन गरेर तुरुन्तै काम अगाडि बढाउने योजनामा विभाग रहेको छ । यो सडक तीन वर्षभित्र काम सम्पन्न हुने गरी गरी ठेक्का लगाउने तयारी भइरहेको छ ।

यो सडक विस्तारले बढ्दो सवारीसाधनको चापलाई कम गर्ने ठूला सवारी चलाउनका पनि सहज हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा राजमार्गमा सवारीसाधनको चाप वृद्धि हुन थालेपछि सडक विस्तार गर्न अनिवार्यजस्तै भएको सडक कार्यालय बुटवल प्रमुख इन्जिनियर होमबहादुर एसीले बताए ।

Vianet communication
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नतिको काम चलिरहेको छ । चाइना स्टेट कम्पनीले विगत तीन वर्षदेखि उक्त खण्डमा सडक विस्तारको काम जारी राखेको छ । बुटवल–चन्द्रौटा सडक विस्तार भएपछि बुटवलमा पुरानो तिनाउ पुलले सवारीसाधनको चाप नथाम्ने आकलन गर्दै सो स्थानमा सिग्नेचर ब्रिज निर्माणको काम पनि अगाडि बढाइने सहसचिव जैसीले जानकारी दिए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित