मोतिपुर औद्योगिक क्षेत्रभित्रका बस्ती हटाउन पत्राचार उच्च अदालत बुटवलको जग्गा फिर्ता, कब्जा गरेर बनाइएका संरचना भत्काइयो फालिएका प्लास्टिक प्रशोधन गरी बुटवलमा इँटा उत्पादन लुम्बिनी प्रदेश सभाको आठौँ अधिवेशन आजदेखि युवालाई प्रविधिसँग जोड्दै तिलोत्तमा नगरपालिका थोर्गा रुपन्देही सम्पर्क समाजद्वारा २०८३ सालको भित्तेपात्रो विमोचन सशक्त सहकारीद्वारा सदस्यलाई पेन्सन वितरण सुरु लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ                
समाचार :

बगरमा बास, बाढीको त्रास

बर्षा सुरु भएलगत्तै बुटबल उपमहानगरपालिकाको तिनाउ खोला किनारका बस्ती बाढीको उच्च जोखिम पर्ने गरेका छन् ।

तिनाउ खोलाको वहाव नै बन्द गर्ने गरी बनाईएका घरटहराले खोला किनारका बस्ती जोखिममा छन् । खोलाको वहाव नै छेक्ने गरी धमाधम घर निर्माण भइरहदाँ उपमहानगर भने अतिक्रमण रोक्नुको सट्टा पुर्वधार विकासका नाममा अतिक्रमणकारीको संरक्षणमा जुटेको छ ।

बुटवल उपमहानगरपालिकाका वडा नम्वर ११ र १२ मा अव्यवस्थित बसोबास गर्नेको संख्या बढ्दै जाँदा त्यसको नियन्त्रणमा स्थानीय सरकारको ध्यान जान सकेको छैन ।

उपमहानगरपालिकाले नदीको बहाव क्षेत्रमा धमाधम सडक कालोपत्रे, खानेपानी र बिजुलीको सुविधा उपलव्ध गराएपछि अतिक्रमण गरेर बसेकाले बैधानिकता पाएका छन् । बैधानिकता पाएपछि वर्षायाममा भने सवैभन्दा वढी जोखिममा पनि ती नै बस्ती छन् ।
तिनाउ नदीले चर्चेको क्षेत्रमा शहर बन्ने क्रमले तीव्रता पाएको छ । नदीको बगर क्षेत्र भेट्टाउन समेत मुस्किल पर्न थालेको छ । सुकुम्बासीको नाममा तिनाउको झण्डै १ हजार हेक्टर क्षेत्रफल जग्गा सुकुम्बासीले कब्जा गरेका छन् ।

उपमहानगरपालिका आफैले संकलन गरेको तथ्याङकमा त बुटवलमा १२ हजार घर सुकुमबासी क्षेत्रमा छन् । त्यस्ता सुकुम्बासी क्षेत्र र नदी आसपास क्षेत्रको सडक कालोपत्रे गर्नसमेत उपमहानगरपालिकाले बजेट विनियोजन गर्छ ।

ती सडक पिच गर्न नगरपालिकाले ४० प्रतिशत बजेट छुट्याउँछ । बुटवल उपमहानगरपालिका योजना शाखाका अनुसार वडा तहबाट छनोट भएका योजनालाई नगरसभाले पारित गरेपछि बजेट विनियोजित गरिदै आइएको छ ।

कुनै बेला पूर्वपश्चिम राजमार्ग जोड्न तिनाउ पुलदेखि बेथरीसम्म तिनाउको बहाव क्षेत्र ३ सय मिटरदेखि १ हजार मिटरसम्म थियो । अहिले समग्रमा ३ सय मिटरमा खुम्चिएको तिनाउ नदीबारे अध्ययन गरेका जानाकारहरु बताउँछन् ।

‘तिनाउले जति बेला पनि बुटवललाई लैजान सक्छ’ तिनाउ नदीबारे अध्ययान गरेका खेटराज दाहाल भन्छन्, ‘१५ मिनेट पहिरोले सिद्धबाबा रोके ठुलो जनधनको क्षति हुन सक्छ, तर यस्तो अनुसन्धानको रिपोर्ट आउँदा समेत स्थानीय तहले चासो राखेका छैनन् ।’

२०५९ सालदेखि तिनाउ अतिक्रम गरी बस्ती बस्न थालेको बताइन्छ । बुटवलको हात्तीसुढदेखि, तिलोत्तमा हुँदै सियारीसम्म तिनाउ नदी अतिक्रम गरी बस्ती बसेका छन् । जनप्रनिधिहरूले लालपूर्जाको आश्वासन दिँदा त्यस्ता बहाव क्षेत्रमा सामान्य घरटहरा मात्र बनेको छैनन्, ठूलो आलिसान भवनहरू समेत ठडिएका छन् ।

तिनाउ चुरेबाट भेल लिएर बग्ने भएकाले बाढीका लागि रूपन्देहीको सबैभन्दा जोखिम तिनाउ नदी हो । पाल्पाका करिव ३६ खहरे खोला मिसिन्छन् ।

२०३८ सालमा आएको बाढीले पूर्वपश्चिम राजमार्ग जोड्ने पक्की पुल बगाउँदा ठूलो धनजनको क्षति भएको थियो । नदीजन्य पदार्थको दोहनले समेत तिनाउ पछिल्ला वर्ष गहिरिँदै गएको छ । नदी अतिक्रम गरेर बसेका सुकुम्बासीलाई नगरपालिकाले समेत सुकुम्बासी मान्दैन । उनीहरूलाई अव्यवस्थित बसोबासी भनेर सम्बोधन गर्दै आएको छ ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित