लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

जन्मदिनमा मनकारी कामः आफूले ल्याएको मत बराबर चापागाईले गरे आश्रमलाई सहयोग

बुटवल । तपाईंले आफ्नो जन्मदिन कसरी मनाउनुहुन्छ ? केक काटेर, साथीभाईसँग रमाइलो गरेर वा अन्य केही । तर रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ निबासी मोहन चापागाईंले आफ्नो जन्मदिनलाई रचनात्मक कामका लागि उपयोग गरेका छन् । प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश विभागीय इन्चार्ज रहेका चापागाईंले जन्मदिनमा वृक्षारोपणका साथै अनाथ आश्रमममा सहयोग गर्दै मनाएका हुन् ।

जन्मदिनमा वृक्षारोपणको सुरुवात उनले दुईवर्षअघि देखि नै थालेका थिए । यसपल्ट उनले नमस्ते नेपाल नामक संस्थाको संयोजनमा आफ्नै निबास परिसरमा रुद्राक्षको बिरुवा रोपेका छन् भने नेपाल अविनाश अनाथ आश्रम कोटिहवामा आर्थिक सहयोग गरेका छन् । गत स्थानीय तहको निर्वाचनमा एमालेबाट तिलोत्तमा नगरपालिकाको मेयरको उम्मेदवार बनेका उनी काँग्रेसका रामकृष्ण खाँणसँग झिनो मतान्तरले पराजित भएका थिए । चापागाईंले आफूले ल्याएको मत बराबर २३ हजार ६३१ रुपियाँ अनाथ आश्रमका लागि सहयोग गरेका हुन् । चापागाईंले आश्रमका अध्यक्ष कृष्ण ज्ञवालीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

जन्मदिन कुनै रचनात्मक कार्य गरी मनाउनुपर्छ भन्ने कुराको सन्देश अरुलाई पनि दिनका लागि आफूले यस्तो गरेको चापागाईंले बताए । “मेरो उद्देश्य सामाजिक र रचनात्मक कामको सन्देश फैलाउनु हो”–उनले भने ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित