दुई सिफ्टमा प्रादेशिक अस्पतालका सेवा सञ्चालन गरौंः मुख्यमन्त्री आचार्य लाइन जोडिएपछि पञ्चकन्याका उद्योग सञ्चालनमा ३ जना सवार मोटरसाइकल दुर्घटना हुँदा १८ र २४ वर्षका युवकको मृत्यु दाउन्ने सडक २ महिनासम्म एकतर्फी सञ्चालन हुने, वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह बुटवलको अर्घाखाँची लुम्बिनी होटलमा पुरुषको रहस्यमय मृत्यु रोहिणी गाउँपालिकामा ५५० वटा लालपूर्जा वितरण तिलोत्तमा यूसीएलजी एसिया प्रशान्त क्षेत्रको काउन्सिल सदस्यमा निर्वाचित गुल्मीमा छोराको कुटपिटबाट बुवाको मृत्यु, आमा गम्भीर घाइते आज हरि बोधिनी एकादशी, तुलसीको विवाह गरिँदै पाल्पाको सत्यवती तालमा कार्तिक १८ देखि धार्मिक मेला                
समाचार :

देवदहमा प्लटिङ्ग गर्दा स्वीकृति अनिवार्य, सामूदायिक वनको १० प्रतिशत आम्दानी नगरको हुने

देवदह ।  देवदह नगरपालिका क्षेत्रभित्र प्लटिङ्ग गर्दा नगरपालिकाको स्वीकृति अनिवार्य हुने भएको छ। नगरपालिकाको १२औं नगरसभाको दोस्रो बैठकमा पेश गरिएको नीतिगत निर्णयमा जग्गा प्लटिङ्ग गर्दा पालिकाको स्वीकृति अनिवार्य गर्ने जनाईएको छ।

न्युनतम २४ फुट सडक, खानेपानी, ढल निकास र विद्युतको व्यवस्था सहित निवेदन दिएमा प्लटिङ्ग कार्यलाई अनुगमन पश्चात अनुमति दिन सकिने निर्णयमा उल्लेख छ।  नगरप्रमुख ध्रुवप्रसाद खरेलले नगरसभामा पेश गरेको उक्त विषय अव्यवस्थित प्लटिङ्ग रोक्न, कृषिभूमिको दोहन रोक्न र व्यवस्थित सहरीकरणको लागि आवश्यक परेको उल्लेख छ।

त्यसैगरी सामूदायिक वनले आम्दानीको १० प्रतिशत नगरपालिकामा दाखिला गर्ने व्यवस्थालाई  कार्यान्वयन गर्ने निर्णय समेत नगरपालिकाले गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित