लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु नमराज–दिलिप स्मृति दिवसमा निजामति कर्मचारी संगठन रुपन्देहीद्वारा रक्तदान कार्यक्रम बुटवल उपमहानगरपालिकाको सार्वजनिक सुनुवाइ लुम्बिनी प्रादेशिक अस्पताल ११६ वर्षमा प्रवेश, विस्तारसँगै सहज र सुलभ सेवाप्रवाहको अपेक्षा बुटवल पब्लिक स्कुलको नयाँ शैक्षिक योजनाः अनुसन्धान, व्यवहारिकता र प्रविधिमा जोड रुपन्देही–२ मा पराजित उम्मेदवार विश्वदीप पाण्डेद्वारा विजयी शुलभ खरेललाई बधाई रुपन्देहीमा १२ उम्मेदवारले मात्र जोगाए जमानत लुम्बिनीका २६ मध्ये २१ क्षेत्रमा रास्वपाको जित, कांग्रेस र नेकपा दुई–दुई तथा एमाले एक सिटमा खुम्चियो रास्वपाले क्लिन स्वीप गरेको रुपन्देहीमा कुन दलको समानुपातिक मत कति ? आफ्ना माग पूरा नगरेको भन्दै दाङका दुई मतदान केन्द्रमा स्थानीयले गरे मतदान बहिस्कार                
समाचार :

तिलोत्तमा नगरपालिकाले ग¥र्यो आरन पेशाको संरक्षण

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले लोप हुन लागेको आरन पेशाको संरक्षणका लागि औजार तथा सामग्री वितरण गर्ने भएको छ ।

गाउंघरमा परम्परागत रुपमा चलिरहेका आरन पेशा लोप हुने अवस्थामा पुगेको भन्दै नगरपालिकाले औजार वितरण गर्न लागेको जनाएको छ । तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाणले लामो समयदेखि आरन पेशा गर्दै आएका व्यवसायीहरुलाई औजार तथा सामाग्री दिन लागिएको बताए ।

नगर प्रमुख खांणले तिलोत्तमाले सबै पेशा र व्यवसायलाई समान रुपमा हेर्ने गरेको र नगरपालिकाले सहयोग गर्न सक्ने सबै कुरामा आवश्यक समन्वय गरी अभिभावकीय भूमिका निर्वाह गर्ने बताए ।

नगरपालिकाका उपप्रमुख जगेश्वरदेवी चँैधरीले आरन व्यवसायीहरुलाई आवश्यक पर्ने सामाग्री प्रदान गर्नका लागि ३ लाख बजेट विनियोजन गरिएको र यो वर्ष पनिआवश्यक बजेटको विनियोजन गरिएको बताईन ।

गतवर्ष विविध कारण कार्यान्वयन हुन नसकेको बजेट यसवर्ष भने कार्यान्वयनमा लैजाने उनले बताईन ।

नगरपालिकाका सामाजिक विकास शाखाका अधिकृत विनोद ज्ञवालीले आरन व्यवसायीलाई आवश्यक पर्ने औजार तथा साम्रागीहरुको विवरण संकलन भइरहेको र अहिलेसम्म ६ जना व्यवसायीले औजार तथा सामाग्री आवश्यक रहेको भनि नगरपालिकामा जानकारी गराएको बताए ।

तिलोत्तमा नगरपालिकामा वडा नं. ६ का लिलाबल्लौ विक, तिलोत्तमा १३ की अमृता विके, तिलोत्तमा १७ का प्रेमबहादुर विश्वकर्मा, तिलोत्तमा १७ कै टेकबहादुर कामी, तिलोत्तमा १६ का भागबहादुर विश्वकर्माले हाते ग्रेन्डर, ग्रील मेशिन कटर र गेलेन्डर, ड्रिल मेसिन, पंखा रन्दा लगायतका सामानको माग गरेको ज्ञवालीले बताए ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित