‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

तिनाउ नदीमा बाढी, खतराको सङ्केत पार

बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा हुँदा तिनाउ नदीमा बाढी आएको छ भने पानीको सतहले खतराको स्तर नाघेको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको छ।
जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ। तिनाउ नदीले बुटवलमा खतराको सङ्केत पार गरेको छ।
बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सतह ६.५ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।

पछिल्लो तीन घन्टायता तिनाउ जलाधारको बुटवल, पाल्पा र आसपासको क्षेत्रमा भारी वर्षा भइरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
जलसतहले खतराको स्तर पार गरेकाले तिनाउ नदीको तटीय क्षेत्रमा आज बिहान ९ बजेसम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित