‘सडक सुरक्षा सचेतना तथा म जिम्मेवार यातायात मजदुर’ स्टिकर वितरण कार्यक्रम सम्पन्न तिनाउ सुन पसलमा मालिककै ‘चोरी ड्रामा’, सीसीटीभी फुटेजले गर्‍यो पर्दाफास दूध तथा दुग्धजन्य उत्पादन: व्यवसायिक इमान्दारिता र असल अभ्यासमा जोड हाजिरजवाफ प्रतियोगितामा इश्वरी मावि प्रथम उच्च अदालत बार बुटवलको अध्यक्षमा घिमिरे निर्वाचित भैरहवा सेजमा फर्किँदै उद्योगीको आकर्षण : एकैपटक ६ उद्योग निर्माणाधीन एभरेष्ट प्लाइ ढोका उद्योगमा आगलागी हुँदा पाँच करोडको क्षति कुशीनगरबाट उद्धार गरिएकामध्ये १९ जनामाथि अनुसन्धान सुरु भारतको कुशीनगरमा बन्धक बनाइएका ४५३ जना नेपालीको उद्दार कृष्णनगरका होटलमा अवैध गतिविधि, निगरानी र कारबाहीको माग                
समाचार :

नेपालगञ्ज विमानस्थलमा मौसमको जानकारी लिन डिजिटल प्रणाली संचालनमा, २० गन्तव्य समेटिने

नेपालगञ्ज विमानस्थलमा मौसमी जानकारीका लागि डिजिटल प्रणाली संचालनमा ल्याइएको छ। नागरिक उड्डयन प्राधिकरण र जल तथा मौसम विभागको सहकार्यमा यो प्रणाली संचालनमा आएको हो।

नेपालगञ्जबाट हुँदै आएको विभिन्न गन्तव्यका उडानअघि मौसमी जानकारी दिनका लागि यो डिजिटल प्रणाली संचालनमा ल्याइएको नागरिक उड्डयन प्राधिकरण प्रवक्ता जगन्नाथ निरौलाले बताए।

उनका अनुसार यो प्रणालीमार्फत धनगढी, महेन्द्रनगर, सुर्खेत, शान्तिपुर, टिकापुर ,सल्ले, लमहीलगायत २० ठाउँको मौसमी जानकारी लिन सकिने उनले जानकारी दिए।

‘इनरुट वेदरको जानकारी लिनका लागि पहिला पनि संयन्त्र थियो। तर यो पाइलट प्रोजेक्ट अन्तर्गतको डिस्प्लेमार्फत सर्वसाधारणले थप प्रभावकारी रुपमा जानकारी लिन सक्नेछन्,’ प्रवक्ता निरौलाले भने,’अब सुर्खेत, जुम्ला, डोल्पालगायत गन्तव्यतर्फ उडान अघि मौसमको जानकारी दिन थप सहज हुने भएको छ।’

कर्णालीको हब विमानस्थलको रुपमा रहेको यो विमानस्थलको क्षमता विस्तार गर्दै प्राधिकरणले अतिरिक्त २५ सय मिटर धावनमार्ग विस्तार गर्न लागेको छ।

करिब तीन अर्ब रुपैयाँको लागतमा यो विमानस्थलको टर्मिनल भवनसहित यात्रु सुविधालक्षित पूर्वाधार विस्तारको काम भइरहेको छ। यसका लागि शर्मा एण्ड कम्पनीले ठेक्का पाएको प्राधिकरणले जनाएको छ।

तिनाउ न्युज

तिनाउ न्युज डटकम बुटवल बाट प्रकाशित हुने अनलाइन पत्रिका हो !

लेखक बाट थप

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

साताको चर्चित